गोल्डेन गेट ईन्टरनेशनल कलेद्वारा नयाँ पाईलाको अवलोकन

दाङ :-  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमे स्थित नयाँ पाईला पुर्नस्थापना केन्द्रको काठमाडौंका विद्यार्थीहरुले अवलोकन गरेका छन् । काठमाडौंको गोल्डेन गेट ईन्टरनेशनल कलेजका ५६ जना स्नातक तहका विद्यार्थीहरुले अवलोकन गरेका छन् । त्यस क्रममा संस्थाका बारेमा केन्द्रका कार्यकारी निर्देशक शुरेस भुषालले जानकारी गराएका थिए ।

केन्द्रले लागुपदार्थ दुव्र्यसनी भएकाहरुको उद्दार तथा उपचार गर्दै आएको बताए । अहिलेसम्म हजारौंको उपचार सफल भएको समेत उनले बताए । त्यस अवसरमा विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वागत पनि गरिएको थियो ।
निर्देशक भुषालको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा लामिछाने गिरीले यस संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताईन् । यस संस्थाले गर्दा नै सभ्य समाज निर्माणमा टेवा पुगेको उनको भनाई छ ।
कार्यक्रममा मनोपरामर्शदाता शैलेश शर्माले दुर्व्यशनीमा कस्ता ब्यक्तिहरु, कसरी फस्छन्, उनीहरुको उपचार कसरी गर्नेलगायतका विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा पत्रकार राकेश बस्नेत, विद्यार्थी सुजिता कार्की, शिक्षक त्रिचन्द्र पौडेललगायतले संस्थाको विषयमा जानकारी पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस