दाङमा माघ साँस्कृतिक महोत्सव सुरु

दाङ :- थारु समुदायको महत्वपुर्ण पर्व माघी नजिक आउँदै गर्दा दाङमा माघ साँस्कृतिक महोत्सव सुरु भएको छ ।

थारु कल्याणकारीणी सभा दाङको आयोजनामा शुरु भएको महोत्सव ४ दिनसम्म चल्ने छ । सामाजिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, न्याय सहितको समृद्धिको लागि पर्यटन विकासमा हाम्रो योगदान’ भन्ने मुल नारा सहित माघ महोत्सव सुरु गरिएको हो ।

थारु भाषा, कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको माघ महोत्सवमा मघौटा, हुडुङ्ग्या, छोक्रा लगाएतका नाच प्रस्तुत गरिएको थियो । महोत्सव उद्घाटन कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्कने प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

महोत्सवको उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गरेका हुन । उनले थारु समुदाय कला, संस्कृति विश्वयमा उत्कृष्ट भएको भन्दै जगेना गर्ने आवस्यक भएको बताए ।

थारु समुदायमा रहेको संस्कृति संरक्षण गरेर यसलाइ पर्यटकीय प्रवद्र्धन तर्फ जोडनु पर्ने उनले बताए । उनले थारु संस्कृतिलाई भ्रमण वर्षसग जोडेर अगाडि वढाउनु पर्ने समेत बताए । ‘नेपाल भ्रमणमा आएका पर्यटकले थारु संस्कृतिमा रमाएर जाने वातावरण निर्माण गर्नु पर्छ’ मन्त्री चौधरीले भने ‘ त्यसको लागि राज्यले समेत सहयोग गर्न तयार छ ।’

दाङ जिल्लामा धेरै कला, संस्कृति रहेको भन्दै उनले त्यसको विकास र संरक्षण आवश्यक भएको समेत बताए । ‘दाङ संस्कृतिको खुल्ला सङग्रालय हो ’ मन्त्रि चौधरीले भने ‘माघी पर्वलाइ प्रदेश ५ सरकारले राष्ट्रय चार्डको रुपमा लिएको छ ।’ प्रदेशमा थारु र मगर समुदायको सङख्या वढी रहेको र यी समुदायले माघीलाइ विशेष रुपमा मनाउने हुनाले प्रदेश सरकारले राष्ट्रिय चार्डको रुपमा लिएको बताए ।

उनले माघीको अवसरमा प्रदेश सरकारले २ दिन विदा दिएको समेत बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका चौधरीले मुक्त कमलहरीहरुको अवस्थाका वारेमा तथ्याङ सङकलनका लागि प्रदेश सरकारवाट पहल थालिने बताए ।

मुक्त भएका तथा मुक्त हुन बाँकीहरुका वुझनका लागि प्रदेश सरकारले पहल थाल्ने भएको छ । यस प्रकारको काम संघिय सरकारको भए पनि प्रदेश सरकारले त्यो काममा सघाउनको लागि योजना अघि ल्याएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस