लिखुतामाकोशीको गतिविधिलेले सिंगो पार्टीलाई चोट लगाएको देवशंकर पौडेलको भनाई

रामेछाप – नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवंरामेछाप जिल्ला ईन्चार्ज देवशंकर पौडेलले लिखुतामाकोशी गाउँपालिकाको गतिविधिले सिंगो पार्टीलाई चोट लगाएको बताएका छन् । नागरिक समाज : पारस्परिक जवाफदेहिता परियोजना हुराडेक नेपाल दोलखासँगको सहकार्यमा मानवअधिकार संरक्षण सञ्चाल रामेछापले शुक्रबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

स्थानीय सरकारको विकास निर्माणका क्षेत्रमा देखिएको समस्या र समधानको उपाय बिषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले गाउँपालिकाको समस्या समाधान गर्नका लागि नेकपा लागि रहेको बताए । उनले प्रतिपक्ष नेपाली कांग्रेस सहित अन्य पार्टी र नागरिक समाजलाई पनि समस्याको समाधनको लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

गाउँपालिका अध्यक्षका कारण देखिएको समस्या कुनै एक पार्टी र सत्ताको मात्रै नभएर सिंगो गाउँपालिकाको नागरिकको समस्या भएकाले सरोकारवाला निकाय सबै समस्या समाधानको बाटोमा लाग्नुपर्ने उनको भनाई छ ।संविधानसभा सदस्य एवं नेकपाका नेता तारानारायण श्रेष्ठले लिखँतामाकोशी गाउँपालिकाको समस्या समाधान गर्नका लागि नेकपाले सक्नेजति गरिसकेकाले अब कानुनी बाटो पैल्याउनुपर्ने बताए ।

उनले जसले जे गरेपनि गाउँपालिका अध्यक्ष नसुध्रने भन्दै कानुनी बाटो अवलम्बन गरी अध्यक्षलाई काम कारवाही र अधिकार विहिन गर्न तत्काल अवश्यक रहेको बताए ।जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले लिखुतामाकोशी गाउँपालिकाकै कारण रामेछाप जिल्लाको प्रदेश ३ मै वदनाम भएको बताए । सो पालिकाको निर्वाचित जनप्रतिनिहरुलाई विधिमा ल्याउनु नुपर्ने बताए । जिल्ला समन्वय समितिले समस्या समाधानका लागि बारम्बार प्रयास प्रयास गरि रहेको बताए ।

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले नेकपाले लिखुतामाकोशी गाउँपालिकाको समस्याका बारेमा अदालति बाटोमा जाँदा ढिला हुने बताए । गाउँपालिकाको नागरिकलाई स्थानीय सरकारले प्रदान गर्ने सेवा प्रवाह गर्नका लागि नेकपाले तत्काल जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा गाउँपालिका बैठक संचालन गर्ने योजना मन्त्री परिषद बैठकमा लगेर पास गराउनुपर्ने बताए ।

कार्यक्रममा नेकपा नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका उपसभापति जितेन्द्र कुमार मोक्तान ,सचिव लेखबहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले समस्या समाधानको लागि प्रयत्न गर्न ढिला भई सकेको बताए । कार्यक्रममा सहभागिहरुले लिखुतामाकोशी गाउँपालिकाको कारण सिंगो जिल्लाकै बदनाम भएकाले समस्या समाधान गरी छिटो निकास निकाल्न आग्रह गरेका थिए ।

कार्यक्रममा लिखुतामाकोशी गाउँपालिकाको स्थलगत अध्ययन पछि मानवअधिकार संरक्षण सञ्जालले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी एवं पत्रकार नवराज पथिकले गाउँपालिकामा सञ्जालको तर्फबाट भएको स्थलगत अध्ययनको क्रममा देखिएको समस्या र समस्या समाधानका लागि भएका पहलका बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस