कर्पोरेट फुटसल को उपाधी रोट्रयाक्ट लाई

लक्ष्मण बस्नेत/दाङ :-
दाङको तुलसीपुरमा संचालित स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ को उपाधी आयोजक रोट्रयाक्ट क्लब अफ तुलसिपुर ले हात पारेको छ !
रोट्रयाक्ट क्लब अफ तुलसिपुरकोआयोजनामा तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता को फाईनलमा तुलसिपुर नगर जेसिज लाई २ का बिरुद्ध ४ गोल अन्तर ले पराजित गर्दै रोट्रयाक्ट क्लब तुलसिपुर ले उपाधी हात पारेको हो ! उपाधी संगै उसले नगद २० हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो !
फाइनलमा पराजित जेसिज भने उपबिजेता मा सिमित रहदै नगद १० हजार,कप,मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ! उल्लेख्य दर्शक को उपस्थितमा भएको रोमाञ्चक तथा शानदार खेलमा रोट्रयाक्ट क्लब का हेम राज बस्नेत ले २ तथा सन्दिप बिक्रम राणा र इनुप भण्डारि ले समान १/१ गोल गरे ! उता जेसिज का मोहन सुनार र भानुबिक्रम राणा ले समान १/१ गोल गरे !
स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो !प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री सुरेन्द्र चौधरी र आदेश के.सि. रहेका थिए !
प्रतियोगिताको समान समारोह क्लबका अध्यक्ष नवीन राई को अध्यक्षता तथा रोटरी क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देब बहादुर के.सि.को प्रमुख आतिथ्य मा भएको थियो ! सो अबसरमा त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट कमर्सियल बैक टिम का युद्ध जंग शाह र बेस्ट स्कोरर रोट्रयाक्ट क्लबका हेम राज बस्नेत लाई पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक सुरज राईमाझी ले जानकारी दिए !कार्यक्रम को संचालन क्लबका महासचिव कमल डागिले गरेका थिए !

प्रतिक्रिया दिनुहोस