राष्ट्रिय अपरेटर संचयकोषमा पत्रकार सन्जीव कार्की पनि सहभागी

काठमाडौं :- डोजर अपरेटर तथा सवारी चालक संघ नामक सस्थाले राष्ट्रिय अपरेटर कोष स्थापना गरि सम्पुर्ण अपरेटर र सवारी चालकहरुले गर्ने गरेको फजुल खर्चको केही अंश आफ्नो नाममा जम्मा गर्ने निर्णय गरेको छ। जुन निर्णय एकदम जायज र प्रशंसनिय रहेको दाबी गर्दै डोजर अपरेटर तथा नेपालयन खबरका प्रदेश नम्बर १ संवाददाता समेत हरेका कार्किले एकमुष्ट वार्षिक कोष जम्मा गरी सदस्यता र संचार विभाग प्रमुख जस्तो गरिमामय जिम्मेवारी समेत लिएका छ्न।

उक्ता संचयकोषमा जम्मा गरिएको पैसा बाट आकस्मिक दुर्घटनामा परेको आफ्नो सदस्यहरुको उद्दार र उपचारमा प्राथमिकता र सम्भव भए सवै सदस्यहरु बाट केही सेयर लगानी गरि नेपाली सेना र नेपाल प्रहरीले आफ्नो संचयकोष बाट बोर्डिङ स्कुल तथा पेट्रोल पम्प खोले जस्तै राष्ट्रिय अपरेटर संचयकोष बाट पनि एक उदाहरणणिय काम गर्न सकिने उदेश्यको परिकल्पनाका साथ अगाडी बढिरहेको सस्थाको अध्यक्ष टि.बी विश्वकर्मा “हिमाल”ले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस