शुक्रबार ठमेलस्थित गोकर्ण हाउस रिर्सोटमा एक कार्यक्रम गरी गुरागाइँको समूहले आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो ।
गुरागाइँ अध्यक्ष रहेको समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । यस्तै सदस्यहरुमा परशुराम घिमिरे, नवराज भेटुवाल र रमेश थापा रहेका छन् ।
गुरागाइँ वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् । कार्यक्रममा बोल्दै नाटाका अध्यक्षका प्रत्यासी उमेद्धवार अच्यूत गुरागाँईले आफ्नो व्यवसायीक टीमलाई नाटा हाँक्नको लागि अवसर दिन अनुरोध गरेका छन् । आफूले नेतृत्व लिन सकेको खण्डमा तत्कालिन रुपमा ट्राभल व्यावसायीहरुमा देखिएको सम्पूर्ण समस्या निराकरण गरेर आगामी दिनमा नयाँ गति दिलाउने प्रयत्न गर्ने उनको भनाइ छ ।
उक्त पत्रकार सम्मेलनमा नाट्टाका वर्तमान अध्यक्ष सीएन पाण्डे, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, नाट्टाका पूर्व अध्यक्ष अर्जुुन शर्मा, टानका पूर्व अध्यक्षद्धय दिपक महत,रमेश धमला, टानका अध्यक्ष खुमबहादुर सुबेदी, बरिष्ठ पर्यटन व्यावसायी गणेश सिंखडा, पर्यटन विज्ञ, ट्राभल व्यावसायीहरु, पत्रकार लगायतको उपस्थीति रहेको थियो ।