क्वालालम्पुर /मलेसिया :- मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदारलाई घर,स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम ब्याक फर गुड (Back for good) गएको बर्ष २०१९/३१ डिसेम्बरमा सकिएको छ।
घर फर्किने म्याद सकिए लगत्तै मलेसिया इमिग्रेसन डिपार्टमेन्टले गरेको पुर्व घोषणा अनुसार अबैधानिक कामदारलाई पुनः धरपकड गर्न र जेलमा हाली कडा भन्दा कडा कारवाही गर्न सुरु गरेका छन।
मलेसिया इमिग्रेसनले अहिले श्रमिकहरु बस्ने होस्टेल,बाटो,ट्रेन स्टेसन,बस स्टेसन लगायतको ठाउँ तिर छापा मार्ने कामलाई तिब्रता दिईएको छ । विभिन्न ठाउँमा रहेका अबैधानिक (इलिगल) कामदारलाई धरपकडकै क्रममा मंगलबार दिउँसो क्वालालम्पुर स्थित जालान ह्याङ्ग कस्तुरी कोतरायामा बाट यौनकर्मी महिलाहरु संगै ३४ जना मध्ये ९ जना नेपाली लाई पक्राउ गरेको छ। पक्राउ पर्ने हरुमा बङ्गलादेश,म्यानमार,इन्डोनेसिया,ईन्डिया लगायतको देशको अप्रवासी कामदार परेको मलेसिया इमिग्रेसनले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको खुलासा गरेका हुन । तर यौनकर्मीसंग पक्राउ पर्नेहरुको परिचय खुलाईएको छैन ।
यता मलेसियाकै बातुकेभ र कोतादामानसारा भन्ने ठाउँ तिर छापा हान्दा धरपकडको क्रममा मंगलबारनै दिउँसो र बेलुकाको समयमा १२२ जना अबैधानिक समातिएको मध्य १९ जना अबैधानिक नेपाली कामदारहरु पक्राउ परेको जनाईएको छ ।
ती नेपाली कामदारहरुलाई खाना खान बाहिर निस्केको बेला , घुमघाम गर्ने क्रममा मलेसिया इमिग्रेसनले पक्राउ गरेका हुन ।
यसरी अबैधानिक रुपमा पक्राउ पर्नेमा नेपाली श्रमिक संगसंगै बाङ्गलादेश,इन्डोनेसिया,म्यानमरा,भियतनाम,चाईना,कम्बोडिया,थाईल्यान्ड लगायतको देशको नागरिकहरु रहेको छ ।
नेपाली दूतावासका अनुसार ब्याक फर गुड कार्यक्रमको बेला अनुमानित ६ हजार अबैधानिक नेपाली कामदार फर्किएको हुन । मलेसिया सरकारले अबैधानिक श्रमिक,कामदारलाई स्वदेश फर्किन बारम्बार मौका दिए पनि अझै यहाँ हजारौंको संख्यामा अबैधानिक रहेको तथ्यांक सम्बन्धित निकायसंग छ।