काभ्रेमा डोजर पल्टिँदा २ जनाको मृत्‍यु

पुष्कर खड्का/काभ्रे – काभ्रेको पनौती नगरपालिका वडा नं ११ स्थित थुम्की डाँडामा डोजर पल्टिँदा दुइजनाको घटना स्थल मै मृत्यु भएको छ।आज बिहान करिब ११ बजे बाटो खन्दै गरेको डोजर पल्टेर रोशी खोलामा पुग्दा दुइजनाको घटनास्थलमै मृत्यु भएको र एक जना घम्भिर घाइते भएको पनौती नगरनायिका वडा नं ११ का वडा अध्यक्ष तारामान लामाले जानकारी दिए। घटना स्थलमा स्थानीय प्रहरी जांदै गरेकाले घटनाको पूर्ण बिवरण आँउन बाँकी रहेको प्रहरीचौकी पनौतीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस