काठमाडौँ । नेकपा समर्थक पर्यटन व्यवसायी (नाट्टा) को पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
ठमेलस्थित मस्र्याङ्दी होटलमा पूर्व महासचिव समेत रहेका भीम प्रसाद पन्तको प्यानलले पत्रकार सम्मेलन गरी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा समर्थक उक्त प्यानलमा नाट्टाका पूर्व महासचिव पन्तले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् भने महासचिवमा सुधिर कुमार उपाध्याय पौडेल उम्मेदवारी दर्ता गरेका छन् ।
कार्यक्रममा बोल्दै पूर्व महासचिव पन्तले असन्तुष्ट रहेका पक्षलाई उम्मेदवारी छोडेर आउन आग्रह गर्दै सँगै हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्ष हरिभक्त श्रेष्ठले नयाँ प्रविधि भित्र्याउने र आर्थिक उन्नतिलाई ध्यानम राखी एक एक रुपैयाँ बचत गरेर संस्थाको हितको लागि प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।