इराकमा खटिएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिका र इरान बीचको विवादलाई मध्यनजर गर्दै शान्ति सेनालाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन सेनाले दिएको हो ।

बुधबार सैनिक जनसम्पक निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दे नेपाली शान्ति सेना हालसम्म सकुशल रहेको समेत जनाएको छ ।

अमेरिकी सेनाको बेस क्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिट लगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन समेत निर्देशन दिएको छ ।

साथै परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र श्री शान्ति सेना संचालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस