पौषको यो चिसो मौसम क्या मज्जा भन्नेहरु एकातिर छन् त , अर्को तिर किन यती बैमानी भन्नेहरु छन् । यो मौसम सच्चै भन्ने नै हो भने निकै रोम्यान्टिक मौसम हो ।
मलाइ अति नै मन पर्छ । अनि जति मन पर्छ त्यो भन्दा बेशि रोम्यान्टिक हुन मन पराउदछु भन्नेहरु पनि थुप्रै भेटिन्छन् । यस्तो बेलामा प्राय सबैको मनमा त्यी निष्ठुरीको न्यानो अङ्गालोको यादहरुले पक्कै कब्जा जमाईरहेका नै हुन्छन्होला ।
यो अङ्गालो भरिको माया किन यती कडा भनेर प्रश्नहरु पनि थुप्रै उब्जन्छन्होला । बिलासी जिवन आफ्नै सुरमा चलिरहेकै हुन्छ तर पनि रफ्तार किन बढ्न खोज्छ त्यो अङ्गालो भरिको प्यासको । यस्ता प्रश्नहरु खडा हुनु स्वभाविक पनि हो ।
आफैमा म भौतारीएको छु , मानिसहरु यो जाडोमा तातो चियाको चुस्की लिन खुबै मन पराउने गर्दछन् । तर मलाई सधै नै चिसो सेलाएको चिया नै लिन मन लागीरह्यो खै किन ? हल्का गुलियो त्यसमा पनि चिया पत्तिको खैरो रङ ।
म पनि त्यस्तै छु त्यही रसले भरिएको हल्का गुलियो अनि त्यसमा भरिएको खैरो रङको पत्ति जस्तै ।
खै कुन्नी किन यस्तो लाग्दैछ ,अचेल आखिर के हो त जिवन ? जब यो बैमानी मौसममा रिमझिमे पानी परिरहेको हुन्छ, सोच्छु बेकारमा अनि झल्यास्स पर्छु ।
आखाँहरु बहिर फुटपाथतिर हिडन् पुग्दछन् । घर छेउको चिया पसलेको कमाई अघिपछि भन्दा यो बैमानि मौसममा निकै गज्जबले चलिरहेको हुन्छ । चौतारोको त्यो चिया पसलमा चिया खानेको बहानामा एक दुई गफ दिइहालौ भन्ने हरुले भरिभराउ हुन्छन् ।
पसले दाई आज निकै खुशि छ । उस्को ६० गिलास चिया बिक्री पनि भईसक्यो अझै ग्राहक बढ्नेवाला छन् । पुसे झरि परिरहेको छ । सोच्दै हुन्छ पसले , “ए झरी परिदेउ यसरी सधैभरि” ।
उसैमाथी पसलेको नौजवान छोरी माथी आखाँ गाड्दै कोही चुरोटका खिल्लीहरु मागीरहेका छन् त , कोही अनेकन नजिकिने बाहाना खोज्न विभिन्न जुक्ति को प्रयोग गर्दैछन् । पसलेकी छोरीलाई हेर्दै आखाँ लोभी मन पापी बनाईरहेका छन् ।
उसको प्रवाह होस् नहोस् आफु आफैमा मिठो सपना देखिरहेका हुन्छन् ।
आफैमा यस्ता विभिन्न भावहरु उब्जनु गलत हो या के ? आखिर खोषी को ? यो बैमानी मौसम या त त्यि लोभी आखाँहरु ।
चिसो समयको यो रिमझिमे झरिले उहिँ पुराना यादहरु दिलाउन खोजीरहेका छन् जस्तो लाग्दैछ कुन्नी किन ? आखिर किन बल्झीन खोज्दैछन् यादहरु ?
सबै बिर्सीएर सुन्यतामा हराउन मन हुन्छ तर पनि अनेकन प्रशंगहरु आईरहन्छन्, एक पछि अर्को गर्दै ।
भित्तामा झुण्डीएको पुरानो रेडियोमा पुरानै गितहरु घन्कीरहेको हुन्छ । त्यो गितले के भन्दै छ त , यो फेरि प्रश्नको विषय बन्न पुग्दछ ? अझ बढी उत्सुकता जागेर आउछ । तर यि सबै बेर्थ छन् । किन बेअर्थ कुरामा समय खर्चिनु यो मनले आफै आफ्नै मनलाई भन्छ होला अनि केहिबेर शान्त हुन्छ ।
अव दिमागलाई होईन आखाँलाई फेरि तिब्र गतिमा कुदाउन मन लाग्छ, घरि वल्लो कुना त घरि पल्लो , आखाँ थकित हुन्छ तर जे खोजिरहेको हुन्छ त्यो भेट्टाईरहेको हुदैन । साझँ झिमिक्कै परिसक्यो यता उता बत्तिका स्वीचहरु थिचिन सुरु भैसके यता भने कुनै सुरसार नै छैन ।
उता पल्लो घरमा आज चिसो छ है भन्दै दिउसो देखि नै तयारी भै रहेको छ त्यो थाहा छ । यता भने अव आखाँले केही चाहादैन , चाहान्छ त केवल मिठो निन्द्रा ।
हेर्दा हेर्दै, आखा तिरमिराए जस्तो आभाष भयो ।
खै के भयो एक्कासी, आफ्नै घरको ढोका अघि कोहि उभिए जस्तो लाग्यो, त्यो पनि नित्र्थुक्क भिजेको । एक मनले भन्यो केहि वास्ता नगर , अर्को मनले भन्यो के थाहा कसैलाई ठुलै आपत्ति पो आईलाग्यो कि । नजिक जान खोजे, खै किन ज्यान कापीँरहेको थियो ।
जसोतसो नजिक पुगे , नजिक पुग्दा बित्तिकै थाहा भयो । उनी त्यही पसले दाई की नौजवान छोरी रहिछन् । मन झन निकै अत्तालियो अव के के नै हुन्छ जस्तो लाग्योे ।
न त केही बोली नै फुट्यो । यत्तिकैमा उसले लर्बराउदो स्वरमा भनि बास् पाईन्छ की ?
झन् मुटुको धड्कन तिब्र गतिका साथ चल्यो । यतीकै मा खै कसरि जावाफ गयो हुन्छ नि यो पनि सोधिराख्नु पर्छ र ।
उ भित्र प्रवेश गरि मेरा दुई हात पक्डेर आफ्नै घर जसरी कुनै धक बिना नै । सरासर भित्र विस्तारा अघि पुगेर हुत्याईदिई त्यो विस्तारामा ,अनि बेस्सरी बज्जारीन पुगियो ।
म मात्र बज्जारिएको थिएन रैछु उ पनि सँगै रैछ नि ।
के हुदै छ जस्तो लाग्यो । उ मेरो आङगालोमा बेरिएकी थिई । अचम्म लागीरहेको थियो के हुदै छ भनेर ?
उसले भनि एउटा कुरा भनु र ?
आत्तालिदै जवाफ गयो , एउटा मात्र ?
फेरि उता बाट जवाफ आयो ? मैले कोही मान्छेलाई मन पराउछु ,माया गर्छु उस्को लागी ज्यू ,ज्यान दिन तयार छु , मैले यसो भने भने यसको जवाफ के आउछ होला ?
यति भन्दै थिइ कुरो बुझिहालियो ।
उ छिट्टै नै आङगालो भित्र परिसकेकी थिई ।
विस्तारामा नै जिस्कन सुरु भयो अव चाहीँ ।
(यो पक्रिया चलिनै रहेको थियो) ।
दुवै लडिबुडी गरिरहेकै छौ ,लागी रह्यो तर एक्कासी विस्तारा देखि धकेलिदिए जस्तो लाग्यो ।
आफु बिस्तारा मुनी जोड संग बज्जारिए जस्तो लाग्यो ।
आखाँ खुल्यो , झल्यास्स भएर हेर्दा त सिरक र सिरानी संग पो लडिबुडी गरिरहेको रहेछु ।