हाँस्यकलाकार सुरजको रुवाउने जीवन कहानी

काठमाडौं :- हो म यतिखेर नेपाल को पहिलो कमेडी रियालिटी सो मा भाग लिरहेको छु ,एउटा बिकट गाउंमा जन्मिएर , चार पांच बर्स सम्म बोली नफुटेर पनि ढोरबाराही माताको कृपाले बोल्ने भएर , गाउंमै साहुको हलो जोत्दै कापी र कलम किनेर स्कुल पढेको मान्छे हुं , ३२ जना मध्य म एक जना मात्रै प्रथम श्रेणिमा एसएल्सी पास भएको थिएं ।

क्याम्पस पढ्दै गर्दा स्कुल कै सर्ट पाएन्ट र चप्पल मा १२ पास गरेको थिएं , कोठामा चामल सकिएर किन्ने पैसा नभएर दोकान मा जांदै एउटा च्याउच्याउ उधारो माग्दै पानी संग खांदै २५ दिन गुजारेको पनि थिएं माग्न जाम को सङ जाम ? बा आमाको कमाइ थिएन , पैसा हुनेले दिएनन ।जसो तसो जिन्दगि गुजार्दै गर्दा रेडियोमा कार्यक्रम चलाउंदै माइन्ड फ्रेस मासिक पतृका लाई मुक्तक बेच्दै पढ्दै रिन गरि गरि मुटुको चाप कम र ब्लड प्रेसर हाइ भएको बाबाको उपचार गर्दै अघि बढें, जति नै रिन लागेपनी फलानो मुटु रोगिलाइ बचाउ भन्दै माग्ने अभियान चलाइन , हिम्मत हारिन , आमाको ढाड भांचिएको थियो पहिल्यै अरु जस्तो काम गर्न पनि सक्नुहुन्न ।

आफू पढाइ छोडेंर घरको काम गर्दै रेडियोको काम गर्दै मुक्तक हरुको किताब निकाल्दै बेच्दै थोरै थोरै पैसा बचाउन थालें उ बेला देखिको रिन अझै बांकी नै छ , हो बिदेश जान सक्थे् अन्त केही गर्न सक्थें तर बुढा बिरामी बा आमा छोड्न सकिन घरै बसें बाख्रा चराउंदै भैंसी पाल्दै खेती किसानी गरेर जिबिको पार्जन गरिरहें, स्तर अलिकती उक्लियो , महोत्सव हल्काफुल्का पाउन थालें बिदेश पनि कार्यक्रम गएं, अलिक होलो भयो , बिहे गरें , घरबार राम्रै चल्दै थियो , मौरी मा रुचि भएको ले यहि साल त्यता लगानी गर्ने सोंच भयो तर गाउंले ले छरेको बिसाधिले मौरिनी मासिए मह बेच्ने बाटोनी बन्द भयो ।

यसरी नै जीवन चलिरहंदा मलाइ खुशिको कुरो आयो रास्ट्रीय रुप मा आफुलाइ देखाउने र चिनाउने अबसर, गएं भाग लिन, विभिन्न चरण हुँदै २४ भित्र परें, जब अर्को राउन्ड को लागि शुटिङ चल्न शुरु भो भाग्यले धोका दियो, श्रीमतिको फोन आयो १८ महिनाको छोरी सिकिस्त बिरामी छ दूध चुस्न छोडिसकी हस्पिटल भर्ना गरेकी छु भन्दै गरेको रुन्छे आवाज सहित को ।

जिन्दगिका कस्ता परिस्थितिमा नहारेको मान्छे त्यो पल आंखामा आँसु रोक्न सक्दै सकिन मैले, साथी सुर्य र मोहन सम्झाउंदै थिए, भित्र शुट शुरु भैसक्यो मनोज गजुरेल दाजु भन्दै हुनुहुन्थ्यो परिवार भन्दा शो ठूलो होइन छोड्देउ जाउ घर, मैले भनें म अहिल्यै दगुरेर उता पुग्दा नानी सन्चो हुने त होइन , हिम्मत गरें र मन्च चडें तर मुटु काप्यो जोक भन्न खोज्छु छोरी सम्झिन्छु श्रीमतीको सुंक्क सुंक्क आवाज सम्झिन्छु , फेरि आँट गर्छु जोक भन्छु तर सकिन हारें रोएं, रुंदानी मन थाम्न सकिन, दस मिनेट जति अघिल्ला दिन देखि घोकेको जोक बिर्सिनु र अनुहार मा कमेडिको क नदेखिंदा नि त्यति जोक भनें , हो तपाइँ आफ्नो मान्छे हो यसै राम्रो भनिदिनुहुन्छ तर सतुर हरु पनि त हुनुहुन्छ बल्ल खाइस भन्ने त छंदै हुनुहुन्छ ।

उहाँ हरुको लागि आश गरेजस्तो प्रस्तुती दिन नसक्दा क्षमा प्राथी छु , यहाँ हरुको माया पाए भने आगामी दिन मा यहि सिजन को यो सो जितेर देखाउनें प्रण गरेको छु । शुट भित्र रोएको सिन नदेखाइदिन आदरणीय निर्देशक विशाल भण्डारी सरलाइ आग्रह गरेको थिए, मानिदिनु भएकोमा धेरै धन्यवाद , किनकी रोएर भन्दानी केही गरेर देखाउने अठोट रहेको छ मेरो , बाहिर निस्केपछि प्लेन टिकट पाइन्छ कि पोखरा जाने भनेर पहल गर्ने सुमन कार्की लाई धन्यवाद , सुर्य साथी बाइक मा छोडिएउ धन्यवाद । यता डाक्टर रामचन्द्र बास्तोला लगाएत को टिम लाई धन्यवाद , अहिले छोरी लाई सन्चो हुंदैछ , म ठिक छु अर्को भाग हरुमा हसांउन त आइहाल्छु तर यो यथार्थ नबुझी आजको प्रस्तुती मा गाली गर्नुहुनेलाइ वा खुशी हुनेहरुको भिड लाई तलको फोटोमा जसरी बडो अस्जिलो गरेर खाएर सजिलै पचाउने छु ।  धन्यवाद

प्रतिक्रिया दिनुहोस