रामेछाप सदरमुकाम मन्थलीमा अटो चालकको लागि कक्षा संचालन

पुष्कर खड्का/रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा संचालन हुने अटोका बारेमा यात्रुबाट गुनासो आएपछि जिल्ला ट्रापिक प्रहरीले कक्षानै संचालन गरी अटो चालकलाई आवश्यक निर्देशन दिएको छ । ट्रापिक प्रहरीले बुधबार संचालन गरेको कक्षामा जिल्ला ट्रापिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले अबको एकहप्ता भित्र सुधार गर्न अटो चालकहरुलाई निर्देशन दिए ।
ट्रापिक प्रहरी प्रमुख पाण्डेले अटोले निर्धा्िरत भडादर भन्दा बढि भाडा असुल्ने गरेको , क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको , बजार क्षेत्रमा आवश्यक भन्दा तिव्र गतिमा अटो चलाउँने गरेको गुनासो आएकाले चालकहरुलाई सातदिनभित्र सुधार गर्न आवश्य निर्देशन दिएका हुन् । उनले तोकिएको समयसिमाभित्र अटो चालकहरुले सुधार नगरे कारवाही गरिने बताए । सदरमुकाम मन्थली बजारलाई मुख्य केन्द्र बनाएर अहिले २४ वटा अटो संचालनमा छ । अटोको भाडादर लगाएतका अन्य व्यवस्थापनमा लागि मन्थली नगरपालिका , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय , जिल्ला ट्राफिक प्रहरी कार्यालय लगाएतका जिल्लाका सरोकारवाला निकायले बेला बेलामा छलफ गर्ने गरेको छ । ट्रापिक प्रहरी प्रमुख पाण्डेले जिल्लामा सम्भावित दिुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक ब्यवस्थापनालाई थप कडाई गरिएको बताए । उनले युनिफर्म र शिभिलमा रहेका ट्राफिक प्रहरी सहितलाई चेकजाँचमा राखेर कडाई गरिएको पाण्डेको बताए । उनले सवारी अनुमति पत्र र ब्लुबुकविना सवारी चलाउने र मापसे लगायतका चेकजाँचमा थप कडाई गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस