काठमाडौं :- नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी तीन प्यानलले मनोनयन दर्ता गरेका छन । मंगलवार नाट्टाका वर्तमान बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं,पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन ।
गुरागार्इं समुहको बरिष्ठ उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिवमा राकेश धमला, सचिबमा गोबिन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन । त्यस्तै कार्यसमिति सदस्यहरु सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल र रमेश थापाले मनोनयन दर्ता गरेका छन ।
पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा बरुण मेहता,महासचिवमा सुधिर कुमार उपाध्याय,सचिवमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ,सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु),सुवर्ण श्रेष्ठ,रामशोभित नायक र हरिकुमार श्रेष्ठ,विष्णु कार्की,डेण्डी शेर्पा,र चुडा वहादुर जिम्बाले मनोनयन दर्ता गरेका छन ।
धाख्वा समुहको बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिबमा अमृत ढकाल, कोषाध्यक्षमा देबकी गुरुङ र सह–कोषाध्यक्षमा फूदोमा शेर्पाले मनोनयन दर्ता गरेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, बिष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटाले मनोनयन दर्ता गरेका छन ।