यज्ञ बिकको “ओए साईली जान्छौ र” ( भिडियो सहित )

गायक यज्ञ बिकको “ ओए साईली जान्छौ र ” गित सार्बजनिक भएको छ । उनि नेपाली लोकगीत संगीतको क्षेत्रमा उदयमान गायक हुन् ।
गायक यज्ञ बिक र गायिका शान्ति श्री परियारले स्वर दिएका छन् । मौलिक लोक लय मा आधारित गीतमा प्रेमका भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । यज्ञ बिकको शब्द र पर्लाद सुबेदीको लय सिर्जनामा गीत तयार गरिएको छ ।

गायक भन्छन “आज धेरै खुशी पनि छु र एउटा चुनौती पनि थपिएको महसुस गरेको छु नेपाली लोक गित संगीतमा लामो समय देखि संघर्षरत मेरो जिबनमा विभिन्न उतारचढाव रहे यस बिचमा केही गितहरु सफल रहे जसमा “खोलिको किनारा” लाई सबैले माया गर्दिनु भयो र आज आफै लाई सारै मन परेको आशा गरेको छु । मेरो भगवान रुपि सम्पुर्ण दर्शक श्रोताहरुको मायाको मेरो मन देखि अपेक्षा गरेको छु ।तपाईहरुको माया नै मेरो सफलता भन्ने बुझेको छु ”

गीतको भिडियो पनि निकै उत्कृष्ट निर्माण भएको छ । सर्बाधिक चर्चित निर्देशक कजिस श्रेष्ठको निर्देशनमा निर्माण भएको भिडियोमा चर्चित मोडल बिमल अधिकारी र बसन्ती ओली को अभिनय रहको छ । छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन पदम सुबेदीको रहेको छ । यो गीत तथा भिडियोलाइ भावना म्युजिकले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस