एक्सावेटर अपरेटर सर्वेन्द्र पुनको पहिरोमा पुरिएर मृत्यु

म्याग्दी – धौलागिरी गाउपालिका- ७ टाकममा सडक खन्ने क्रममा कडा चट्टान निस्किएर ब्रेकर हान्न परे पछि ब्रेकर हानिरहदा माथी बाट ठूलो ढिस्को खसेर मेसिन पुरिदा धौलागिरी गाउपालिका-४ मुडे खैबाङ्का ४० वर्षीय चालक सर्वेन्द्र पुनको घटनास्थलमै मृत्यु भएको हो।
वैदेशिक रोजगारीको लागि साउदी अरबमा समेत पुगेको पुनले लामो समय बिदेशमा पनि एक्सावेटर चलाएका थिए। २ वर्ष पहिले स्वदेश फर्किए लगतै बाघराज विल्डर्स प्रा.लीको एक्सावेटर चलाउन थालेको र अहिले दुर्घटनाबाट मृत्यु भेको डोजर अपरेटर तथा सवारी चालक संघ म्याग्दीको प्रतिनिधि बालकृष्ण के.सीले बताउनु भयो। उहाको अनुसार पौष २१ गते बिहान १० बजे उक्तघटना भएता पनि उद्दार कार्यमा असहजता र ढिलाइको कारण आज बल्ल म्याग्दी हस्पिटल बेनिमा उक्त शबको पोस्टमार्टम हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस