प्रदेश न ५ को स्थापना दिवस दाङमा मनाइने

दाङ :-  प्रदेश नं. ५ ले आफ्नो स्थापना दिवस दाङमा मनाउने भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश स्थापना दिवसको अवसर पारेर आगामी फागुन १० देखि १२ गतेसम्म प्रदेश स्थापना एक्स्पो आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
उक्त कार्यक्रम दाङको बेलझुण्डीमा आयोजना गरिने र कार्यक्रममा प्रदेश सरकारले गरेका सूचना, कृषि, यातायातलगायत नवीनतम प्रविधिसम्बन्धी जानकारीमूलक विषय राखिने छन् ।

प्रतिक्रिया दिनुहोस