olux

प्रदेश ५ मा माघीको दुई दिन सार्वजनिक बिदा 

बुटवल : प्रदेश नम्बर ५ को सरकारले माघे संक्रान्तिमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघे संक्रान्तिका अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। उनका अनुसार पुस २९ गते मुख्यमन्त्री निवासको सरकारी निवासमा माघी पर्व मनाइने छ।

यस्तै, बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको चौधरीले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको हो।

यस्तै बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी तोकेको छ। मन्त्री चौधरीका अनुसार बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ। एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस