प्रचण्ड अर्थात अथक योद्वा जो गनतन्त्रका लागि लडिरहे

काठमाडौं :-  विश्व उपनिवेशको पञ्जामा हुँदा नेपाल एक स्वतन्त्र शक्तिशाली राष्ट्रको रुपमा विश्वलाई चक्मा दिदै अडिरह्यो। हिमालयको देशका हामी नेपालीले कुनै साम्राज्यको दास बन्नु परेन, सगरमाथाले झुक्नुपरेन, झुकेन । यतिमात्र होईन, हाम्रा पुर्खाले विकास गरेको सभ्यता कहिल्यै मगन्ते बनेन, पुर्खाहरुले कसैसँग हात फैलाएन । बरु हाम्रै पुर्खाले बाहिरी विश्वलाई उद्धार भावले सहयोग गर्‍यो। यति गौरवपुर्ण ईतिहास हुँदाहुँदै पनि पुर्खाहरुले विकास गरेको राजनीतिले समाजमा समतामुलक र न्यायिक शासन व्यवस्थाको विकास गर्न सकेन ।

देशको मुल नेतृत्व वंशीय बन्यो, देशका कयौँ भुभागहरु आन्तरिक उपनिवेश जस्तै बन्न पुगे, जनजाती, महिला, दलित धार्मिक अल्पसंख्यकहरु राज्यविहिन जस्तै बने, राज्यले अविभावकत्व दिन सकेन, अझ समाजका सिमान्तकृत समुदायलाई उत्पीडनको गह्रुँगो भारी थोपरियो। समय बदलियो, विश्व राजनीति र शक्ति सन्तुलनमा बद्लाव आयो तर हाम्रो राज्यले स्रोतहरु जनताको आवश्यकतासँग जोड्न नसक्दा, प्राकृतिक सोत र साधनहरुको पहिचान र विकास गर्न नसक्दा देश धर्मराउन थाल्यो, जनताका आवश्यकतालाई शासकले अवमुल्यन गर्दा देशले कैयौं पटक आन्तरिक लडाई लड्नुपर्यो, आफ्नै लागी लड्दा लड्दै, सपना देख्दादेख्दै कैयौँ योद्धाहरु शहिद भए कैयौँ बाचेर संघर्षमै छन्। हिजोको गौरवताका योद्धाहरु शहिद भए केही बाचेर सघर्षमै छन्। हिजोको गौरवता आज निरीह बनेको छ, कयौँ सपनाहरुले देश विर्सिए आफन्त विर्सिएर पलायन भएका छन्, हामी मगन्तेमा रुपान्तरण भएका छौँ फेरि पनि हामी सपना देख्दैछौँ ।

विदेशमा बस्ने नेपालीहरु पराईको देशमा बसेर नेपालमा विकास किन भएन ? भनी प्रश्न गर्छन। लाग्छ नेपालमा ती मनुवाहरुले बधुवा कामदार राखेर विदेशमा ऐस आराम गर्न सयर गरिरहेका छन्। अमेरिका, वेलायत, रुस, चिन जस्ता विकसित देशहरु कसरी विकसित भए ? अमेरिका बाहिरी विश्वका लागी सपनाको भुमी कसरी बन्यो ? प्राकृतिक स्रोत कुनै देशसँग बढी होला कुनैसँग कम तर विकास सम्भावना सवै देश र भुगोलको उस्तै हो विकास समय सपेक्षताको गति हो । अमेरिकामा लोभ लाग्दा सडकहरु, सुत्न मिल्ने रेल स्टेसन, पानी पिउन मिल्ने नदिहरु आफैं बनेका होईनन्‌, अमेरिका अमेरिका बन्न, वेलायत-वेलायत बन्न र जापान जापान बन्न नागरिकको रगत र पसिना माटोमा सिंचित भएका छन् । पुर्खाहरुको रगत र पसिनालाई अमेरिकिहरु सम्मान गर्छन, जर्मनहरु माया गर्छन तर नेपालीहरु…। एउटा देशको नागरिकलाई देशको माया हुनुपर्छ, पुर्खाका कामप्रति गौरव हुनुपर्छ, चाहे दुनियाँको कुनै पनि ठाउँमा बसेर विश्व मानव जातीको सेवा गरोस्‌ ।

तर अमेरिकामा बस्ने केही डिभीधारीहरु अमेरिका आफैले बनाएको ठान्छन। त्यहाँको मानव अधिकारका मसिहा आफैलाई सम्झन्छन र अमेरिकी सरकार पनि आफ्नै सम्झन्छन। अमेरिकामा बसेर घटिया व्यवहार गर्छन, देशको वेइजतीमा, अविभावकको वेईजतीमा गर्भ गर्छन ।

लाग्थ्यो नेपालीहरु विदेश गए पश्चात तिनीहरुको खोपडी बदलिन्छ होला तर मिथ्या रहेछ । देशको अभिभावक, विश्व राजनितिको केन्द्र भाग, विश्व राजनीतिले नेता स्वीकारेको एउटा व्यक्तित्व, दक्षिण एसियाको सम्मानित नेता अमेरिका भ्रमणमा जाँदा अमेरिकामा बस्ने डिभीधारीहरुले एउटा नाटक मन्चन गरे । सायद उनीहरुलाई लाग्यो होला प्रचण्डको वेईजत गर्दा मिडिया पात्र बन्न सकिन्छ तर एकाध मानिसहरुका कर्तुत कार्यले देशको वेईजत भयो, देशको शिर निहुरियो, बलिदानीको अवमुल्यन भयो । यदि प्रचण्डको ठाउँमा शेरबहादुर हुन वा केपी जोसुकै हुन नेपाली भएर विदेशी माटोमा आफ्नै अविभावकको वेईजत गर्नु के एउटा असल मानवता र बौद्धिकता हुनसक्छ ?

साच्चै नेपालीले त्यसो गर्न सक्दैन, यदि नेपालीको नाममा कसैले गर्छ भने त्यो स्मार्ट एजेन्ट हुनुपर्छ। देउवा, वली वा प्रचण्ड जोसुकैको अन्तराष्ट्रिय माटोमा वेईजत हुँदा नेपाली सगरमाथाको इज्जत बढ्न सक्दैन, गौतम बुद्धको गौरव बढ्न सक्दैन । देशमा संघियता आएको छ, वंशको आधारमा सत्ता दोहन गर्नेहरु हारेका छन्, स्थानिय जनताका सरकार बनेका छन्, हिमाल, पहाड, तराई, जाती जनजातीहरुका मुद्धाहरु स्थापित भएका छन्, समाजमा सदियौदेखि उपेक्षित दलित समुदायले अधिकारको अनुभुति गर्न पाएको छ, लैंगिक मुद्धाहरु बलियो रुपमा स्थापित भएका छन् यी सवै उपलब्धिहरु कसको कारणले प्राप्त भए ? कोही कसैले प्रचण्डको योगदानमा कन्जुसाई गर्नु हुदैन ।

हिजो प्रचण्डले अख्तियारी गरेका मुद्धाहरु स्थापित हुदा गर्भ गर्नेहरुले प्रचण्डलाई अपराधी देख्नु आतंककारी देख्नु र पराईको माटोमा देशको अविभावक माथी निर्लज्ज भएर प्रहार गर्नु प्रचण्ड भन्दा देश प्रतिको प्रहार हो, अहिलेका उपलब्धि माथीको प्रहार हो।  देशको वेईजती गरेर कसैले पुरस्कृत हुने रहर गर्छ भने त्यो माटोप्रति, पुर्खाप्रति, राष्ट्रियताप्रति, आफ्नै आमा र सन्तानप्रति अनुउत्तरदायीत्वको पराकाष्टा हो । पछिल्लो समय नेपाली राजनितिमा संकुचितता भयावह रुपमा विकास भएको छ । हामीले नेपालमा बस्ने अमेरिकीहरु देखेका छौ तर अमेरिका बस्ने निच व्यवहार नेपाली जस्ता  अमेरिकनहरु कोहि देखिदैनन् यहाँ। स्वभाविक रुपमा नागरिकमा राजनितिक, सामाजिक र बैचारिक मत-भिन्नता हुनुलाई अन्यथा लिनु हुदैन र देशको नेतृत्वको रक्षा कसरी गर्ने, देशको छवि अन्तराष्ट्रिय जगतमा कसरी संग्लो र उच्च पार्ने भन्ने सोच विश्वका जुनसुकै देश र भु-भागमा बस्ने नेपालीमा हुनु पर्छ। होईन भने दास बौद्धिकता, पलायन बौद्धिकता र व्यापारीक बौद्धिकता अहिलेको नेपाली समाजका लागि आवश्यक छैन र होईन पनि ।

अहिले नेपाली जनताले प्राप्त गरेका राजनैतिक अधिकार कसैले पुरस्कारको रुपमा बक्सिएको होईन, तिनै प्रचण्ड, केपी र देउवाको पुस्ताको नेतृत्वको त्याग र बलिदानले प्राप्त गरेका परिणाम हुन। भलै हाम्रो राजनितिमा ईमान्दारीताको विकास हुन सकेको छैन, नैतिकताको संकट अहिले पनि छ, भ्रष्टहरुलाई निरुत्साहित गर्न सकिएको छैन, हाम्रो पुस्ताले यसका विरुद्ध लड्न बाकी छ। डिभि चिट्ठा बाट अमेरिका प्रवेश गरेर केहि लाख डलर कमाउने वित्तिकै स्वघोषित बौद्धिक घोषणा गरेर देशको गरिमा, प्रतिष्ठा र नेपाली जनताका लागी सिँगो जिवन समर्पण गर्ने नेतृत्व माथी प्रहार गर्न एउटा शिक्षित बौद्धिक व्याक्तिलाई लाज लाग्नु पर्छ र लाग्छ पनि। द्वन्द व्यस्थापनका दृष्टिले प्रचण्ड अहिले पनि विश्व राजनितिको केन्द्रमा छन्, देशको राजनिति प्रचण्ड केन्द्रित छ। प्रचण्ड माओवादी नेता वा व्यक्ति मात्र होईन, एकाईसौ शताब्दिको उत्पीडितहरुको सम्मानित सस्थाको रुपमा विकास भएको विचार हो, नेतृत्व हो । प्रचण्डको कद अर्को युगमा अझै बढ्ने। अहिले प्रचण्ड हात्ति जस्तै बनेका छन्, कोहि कोहि भुसुना जन्मिएका छन्। भुसुनाहरुले हात्तिलाई चुस्न खोजि रहेका छन् आफु अलि तन्दुरुस्त देखिनलाई तर प्रचण्डलाई ईतिहासका कुनै पनि कालखण्डले उपेक्षित गर्न सक्दैन गर्न र पनि मिल्दैन ।

प्रचण्ड राजनितिको आवश्यकता विश्व राजनितिमा अझै बढ्दो छ, घटेको छ त केवल घटिया राजनितिमा घटिया प्रवृति। विश्व राजनितिमा प्रचण्ड को हुन भन्ने सन्देश प्रचण्डको अमेरिका भ्रमणमा अमेरिकाले नो ईभेष्टिगेशन जारी गर्दै अन्तराष्ट्रिय नेताको रुपमा स्विकार गरेर पुष्टि गरिदियो । प्रचण्ड अमेरिकीहरुको पनि नेता हो । अमेरिकी माटोमा अमेरिकी सरकारले नेता स्विकार्छ तर त्यहि माटोमा नेपाली खोपडीले विरोध गरेको देख्दा दया लागेर आयो ।

हुन त नेपाली राजनितिमा प्रचण्डलाई नजोडे सम्म थान बोलि विकाउन नसक्ने पाटी छन्, राजनितिक नेताहरु छन्, यति मात्र होईन विलासी जिवनका खोजीमा माटो बेचेर जन्मभुमी भुलेकाहरु पनि प्रचण्डको नाममा राजनिति गर्न मानवता विर्सिन्छन्‌। स्रोत लाल्टिग खबर

प्रतिक्रिया दिनुहोस