सरकारले सुरु गरेको सडक वालवालिका, बेवारिसे बृद्धबृद्धा तथा अशक्तहरुको संरक्षण अभियान अन्र्तगत शुक्रवार राति धरानको भानु चोकबाट ३१ बालवालिकाको उदद्धार गरिएको छ । सडक वालवालिकाको उद्धारका लागि महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङ, प्रदेश १ का सामाजीक विकासमन्त्री जिवन घिमिरे, सरकारका सचिव चन्द्र घिमिरे सहित बालवालिका खोजतलास समन्वय केन्द्रका कर्मचारी र नेपाल प्रहरीको टोली धरान आएको थियो ।
वालवालिका उद्धार गर्न आएका मन्त्री गुरुङ सहितको टोलीले सुरुमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितका जनप्रतिनिपधहरुसंग छलफल गरि भानु चोकको सडकमा बसेका वालवालिका, र अशक्त व्यक्तिहरुलाई भेला गरी उद्धार गरेको हो ।
धरानबाट उद्धार गरिएका ३१ वालवालिकालाई इटहरीको सेभ द चिल्ड्रेन हाउसमा राखिएको वालवालिका खोजतलास समन्वय केन्द्र काठमाडौंका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताएका छन् । उनले सडकबाट उद्धार गरिएका वालवालिकाहरुलाई केहिदिन इटहरीमै राखेर काउन्सिलिङ गरि काठमाडौं लगि सुधार गृहमा राखि उनीहरु पूर्ण रुपमा ठिक भईसकेपछ परिवारको जिम्मा लगाईने बताएका छन् । परिवार नभएकाहरुलाई सीपमुलक तालम दिएर स्वारोजगार बनाई आत्मर्निभर बनाईने अधिकृत अधिकारीले बताए ।
सडक वालवालका उद्धारमा आएका मन्त्री गुरुङले ७ वटै प्रदेशमा सडकमा वेवारिसे अबस्थामा रहेका वालवालिका, जेष्ठनागरिक अशक्तहरुलाई सरकारले संरक्षण गरि मानसिक र शारिरिक रुपमा तन्दुरुष्त बनाई उनीहरुको जिवन यापनमा सहज बनाउन सरकारले सकारात्मक अभियानको सुरुवात गरेको बताए । उनले गरिवीका कारण अब नेपाली नागरिकले कष्टकर जिवन विताउनु नपर्ने भन्दै बेवारिसे अबस्थामा रहेका सबैको सरकारले संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।