ईन्टर स्कुल फुटसलको उपाधी पब्लिक ज्ञानज्योती लाई

लक्ष्मण बस्नेत/दाङ :
दाङको तुलसिपुरमा संचालित दोश्रो ईन्टर स्कुल फुटसल प्रतियोगिता (२०७६) को उपाधी पब्लिक ज्ञानज्योती तुलसिपुर ले हात पारेको छ !
तुलसिपुर युथ क्लबको आयोजनामा तुलसिपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड तुलसीपुरमा सनिवार सम्पन्न फाइनल खेलमा तुलसी आवासिय माबी तुलसिपुर लाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञान ज्योती ले उपाधी चुमेको हो !
उपाधी संगै उसले नगद ३० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो। कडा प्रतिस्पर्धात्मक खेलमा ज्ञानज्योति का किरण योगि ले २ गोल गरे !
त्यस्तै फाईनलमा पराजित तुलसी माबी उपविजेतामा सिमित रहदै नगद १५ हजार,कप मेडल तथा प्रमाणपत्र हात पार्न सफल रह्यो !
स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ११टिमको सहभागिता रहेको थियो !
यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक क्लबका अध्यक्ष बरुण श्रेष्ठ को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य मा भएको थियो ! कार्यक्रमको संचालन कमल भण्डारी ले गरेका थिए !

प्रतिक्रिया दिनुहोस