सरकारले डोजर अपरेटरहरुलाई पनि उखु किसान जस्तै हसाउन सक्छ

काठमाडौं :- उखु किसानहरुको प्रसङ्ग जोड्दै डोजर अपरेटर्स तथा सवरी चालक सङ नेपालका अध्यक्ष टिबि बिश्वकर्मा “हिमाल”ले माग्न सक्ने आट र संघर्ष गर्ने हिम्मत गरे उखु किसान जस्तै सरकारले हामीलाइ पनि हसाउन सक्ने बताउनु भयो।

सर्लाहीबाट झण्डै ५० जनाको संख्यामा एकसरो लुगा र चप्पल लगाएर चार पाँच हजार रुपियाँ कसै सङ सापटी मागेर काठमाडौं आएका उखु किसानहरु कठ्यङ्ग्रिदो जाडोको समेत कुनै प्रवाह नगरि माइतीघर मण्डलामा “किसानको भुक्तानी नदिने उद्योग र मालिकालाइ कार्वाही गर”भनी लेखेको ब्यानर बोकेर एक हप्ता उभ्भिए रोए कराए। ब्यापारी र उद्योगीहरुले आफ्नो श्रम र उत्पादनको मूल्य न दिए पछी विकल्पमा सरकार सामु आफ्नो श्रमको मूल्य खोज्दै किसानहरु कडा संघर्षमा उत्रिए।यता ऋण तिर्न नसकेर आत्माहत्या गर्नुपर्ने अवस्था सृजना हुन लाग्यो। आफ्ना समस्या राख्दै नराखे सरकारले कसरी सुन्ला ? भनेर सोछे र आफ्नो अधिकार खोज्न निस्के आज त्यही कट्याङ्रीदो जाडोमा थरथर काम्दै रोएको किसानलाई त सरकारले पाँच बुदे सहमती गरेर न्यानो कपडाको साथमा हसाउदै फर्कायो।

भने सम्वृद्द देश बनाउन राष्ट्रिय गौरवको योजनामा अहोरात्र खटिरहेको डोजर अपरेटर र सवारी चालकहरुलाई के न चिन्ला र सरकारले अवश्य चिन्ने छ। तर सवैको समस्या के हो र सरकारले के गर्न पर्यो भन्नेमा हामी सबैको जायज माग संकलन हुन पर्यो र सबै भन्दा पहिले त यी उखु किसानहरु जस्तै संगठित भएर एकै साथ काठमाडौ जान सक्ने प्रण गर्न सक्न पर्यो। नत्र त्यो डरलाग्दो भिरमा झुन्डिएर काम गरेको पैसा कहिल्यै उठ्ने छैन। सडक निर्माण गरिरहदा पहाड खसेर पुरिदा कुकुर मरेजस्तो मरिरह्न पर्ने छ। लाइसेन्स नहुने हरुले धमाधम मेसिन चलाउन पाउनेछ्न न हुनेहरु उचित तलव न पाएर त्यतिकै बस्न अर्ने छ। सिकिसकेका हरुले पनि लाइसेन्स प्राप्तिमा असहजता ब्यहोरी रहन पर्ने छ। त्यसैले हामी सबै एक भएर प्रयत्न गर्यौ भने हामी देशको दक्ष जनशक्ति हौ र जिवनस्तर पनि दक्ष र सहज नै हुनेछ।

प्रतिक्रिया दिनुहोस