काठमाडौं :- नेकपा निकट अनेरास्ववियूले केन्द्रीय समितिको नामावली टुंगो लगाएको छ। यसै साथ अनेरास्ववियूको एकताको प्रक्रियाले पुर्णता प्राप्त गरेको हो। शुक्रबार अनेरास्ववियूले आफ्ना ३३५ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो।
३३५ जनाको केन्द्रीय समितिमा साविक अखिलका तर्फबाट १८० र अखिल (क्रान्तिकारी) का तर्फबाट १५५ जना विद्यार्थी नेता समावेश छन्। लामो समयको गृहकार्यपछि विद्यार्थीले केन्द्रीय समिति टुंगो लगाएको हो।
केन्द्रीय समितिमा ऐन महर संयोजक छन्। साविक अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङलाई भने सह-संयोजक तोकिएको छ। अनेरास्ववियूले विभिन्न आयोगहरु समेत गठन गरेको छ। हेर्नुहोस् केन्द्रीय समितिको नामावलीः-