दाईको नाममा ट्रायल दिन आएका भाइ प्रहरीको फन्दामा

भक्तपुर । दाईको नाममा ट्रायल दिन आएका भाइ प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले दोलखा घर भई हाल लोकन्थली बस्ने १९ बर्षे सौरभ रिमाललाई पक्राउ गरेको हो ।

उनलाई राधेराधेस्थित इजी–वे ट्रायल सेन्टरबाट दुईपांग्रे सवारी साधनको ट्रायल परीक्षामा दाजुको ठाउँमा ट्रायल दिइरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त ठिमीले जनाएको छ ।

रिमालले सहोदर दाजु २२ बर्षे पर्शुराम रिमालको नामबाट ट्रायल दिने कोशिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस