नेकपा दाङ सचिबालय सदस्यकाे चिठी पाटि महासचिब बिष्णु पाैडेल लाई

दाङ :- बिष्णु तिमिले कमरेड शोभाराम बस्नेत लाई फेरि छल गर्यौ।हिजो एमाले हुँदा पनि पार्टीको अधिबेशनमा हाम्रो नेता लाई चुनाब हराउन योजना बनाएरै लाग्यौ,प्रदेश न ५ को राजधानी पनि अपाएक ठाँउ मा बनाउनको लागि हलो अड्काएकै छौ,दुइ बर्ष पहिले भएको राष्ट्रिय सभाको चुनाबमा पनि बेमानी गर्यौ,पार्टी एकीकरण भयो सुध्रिऔ कि भन्ने सोचेको त उस्तै रहेछौ।तिमिले जे जे मन लाग्छ त्यही गर्ने ,तिमिले गरेको निर्णयले अर्को नेता लाई पीडा दिने, कि भन तिम्रो दाङ नेता लाई फलाममा खिया लागेर सके झै सक्छु भनेर?हैन भने एउटै पार्टी ,एउटै टिममा रहेर किन पटक पटक आक्रमण गर्छौ?सक्छौ भने हाम्रो नेता सङ बैचारिक क्षमता देखाउ?सधै जोड घटाउको हिसाब हेरेर बस्नी कैले कसैलाइ,कैले कसैलाइ उपयोग गर्नी पार्टीको शासन गरेका छौ त्यो सबैले बुझेका छन।कमरेड शोभाराम बस्नेत जि लाई पटक पटक हानेको छु भनेका हौला,त्यो सबैले बुझेका छन कसलाई हानेको हौ भनेर?बिष्णु तिमि दाङ आउदा गर्भले छाती चौडा भएर आउथ्यो ,सबैले दाङ बिरोधी हो भन्दा नि त्यसो नभने हुन्थ्यो भन्ने लागेर आउथ्यो,आज देखि तिमिलाइ भेट्न हैन तिम्रो अन्तरबार्ता आयो भने पनि आफ्नो रेडियो,टि भी बन्द गर्ने छु।कमरेड शोभाराम बस्नेत लाई जति सक्न खोज्छौ सक तर शोभाराम बस्नेत दाङ्गालि जनताको मन मनमा छन,तिमि शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिब हौ,दाङ मा आउ शोभाराम बस्नेत हाइ हाइ भन्ने हजारौ छोरा छोरी हुनेछन,शोभाराम हाइ हाइ भन्ने छन,बिष्णु बाइ बाइ भन्ने छन। शोभाराम बस्नेत जनताका माननीय हुन उनी मृत्यु पछि पनि माननीय हुनेछन,तिमिले बनाएका माननीय निश्चित समयका हुन ती समय सकिए माननीय हुने छैनन।तिमिले बिमला घिमिरे लाई माननीय बनाउनी भयौ,ती बिमला कपिलवस्तु मा मेयरको चुनाब हारेकी हुन,पार्टी एकीकरण पछि केन्द्रिय सदस्य बनाएर प्रमोसन गर्यौ,त्यतिले पुगेन फेरि माननीय बनाउनी भयौ,गोपाल भट्टराई प्रदेश सभाको बन्द सुचिमा नाम भएका ब्यक्ती हुन,तिमिले चाहेमा बन्द सुचिबाट हटाएर राष्ट्रिय सभा मा लग्ने भयौ।म जातिय कुरा गर्ने मान्छे हैन तर अब कुरा गर्न बाध्य भएको छु,के तिमिले यो प्रदेश मा बाहुन बाहेक अर्को जाती भेटेनौ?खुबै गरेका छौ गर तर पुस २० गते उम्मेदवारी दर्ताको दिन तिमी दाङ मा निर्देशन दिन नआउनु ,तिम्रो निर्देशन बुटवलमा मात्रै चल्ने छ।यति लेखेको भरमा कार्यबाही हुने भए हासेरै सहने छु।

प्रतिक्रिया दिनुहोस