काठमाडौंको इन्द्रचोकमा भिषण आगलागी

काठमाडौ – काठमाडौंको इन्द्रचोकमा आगलागी भएको छ। इन्द्रचोकको एक पुरानो घरमा आगलागी हुँदा नियन्त्रण गर्न दुइटा काठमाडौं महानगरपालिकाको र एक ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जुद्ध वारुण यन्त्र कार्यालयले जनाएको छ। ‘इन्द्रचोक र असनको बीचमा एउटा काठको घरमा आगलागी भएको हो’, महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंका प्रहरी हवल्दार राजाराम सोलूले भने, ‘आगो नियन्त्रणको लागि ५/६ वटा दमकल र पानी ट्यांकर परिचालन गरिएको छ।’ करिब ६ बजेतिर आगलागी भएको उनले बताए। यो समाचार बनाउदासम्म आगो नियन्त्रणमा आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस