विवाद नमिले काँग्रेस पार्टी जिरो बन्छ : सुजाता कोइराला

काठमाडौं :- नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाइ आग्रह गरेकी छिन् ।

प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले देउवाले फेरी सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोप लगाइन् ।

लोभ लालचले पार्टी कमजोर बन्दै गएको भन्दै पार्टी सबैभन्दा ठूलो कुरा हो, ब्यक्ति होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस जिरो बन्छ । कोइरालाले भनिन् । यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहेको म गिरिजाप्रसाद कोइरालाको छोरीको पनि हात यो पार्टीमा भोट हाल्नलाई कांप्ने छ, उनले भनिन् ।

भोट हाल्ने बेला जनताले पनि यो बिषयमा गम्भिर भएर सोच्ने उनी बताउँछिन् ।

काँग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।

उनले काँग्रेसमा योगदान गरेको इतिहास छ । शेखर, शशांक, म जोभएपनि हामीबीच विवाद छैन, मिलेरै अगाडी बढ्नुपर्ने सुझाव दिन्छिन् ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी कोइरालाले सरकारले जनचाहना विपरितका काम गरेको भन्दै सरकारलाई सच्चिन आग्रह गरिन् ।
निर्मला हत्या, वाइडबडी, बालुवाटार, यतिकाण्डदेखि २०–३० वटा काण्डै काण्ड मच्चाएर सरकारले के गर्न खोजेको हो भनेर उनले प्रश्न समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस