चितवन : डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल का अध्यक्ष टिबि विश्वकर्मा “हिमाल”ले देश बिदेशमा आफ्नो ज्यानको बाजि लगाएर अहोरात्र बिकास निर्माणकार्यमा खटिइरहनु भएको सम्पुर्ण डोजर जन्य वा अन्य सवारी सधानको चालकहरुलाइ आफ्नो खस्कदो जिवनस्तर उकास्न आफुले गर्ने फजुल खर्चहरु जसै परस्त्री गमन ,मद्द्यपान र धूम्रपान मा भैरहेको खर्चको सानो अंश मात्रै काटेर संचयकोषमा राख्दा पनि केही वर्षमै त्यस बाट ठूल्ठूला कामहरु गर्न सकिने बताएका छ्न।
आफ्नो सदस्यहरु डोटि दैलेख डडेलधुरा सोलुखुम्बु पाचथर जुम्ला कालिकोट संखुवासभा र ताप्लेजुङ लागायत अन्य विकट जिल्लाहरुमा ठुल्ठुला पहाडको काखमा जोखिमपूर्ण बिकास निर्माणको काम गरिरहेको र मोबाइल नेटवर्कनै नटिप्ने त्यस्ता ठाउहरुमा कार्यारत धेरै संग लामो समयदेखि सम्पर्क हुन न सकेकोमा दुख व्यक्त समेत गर्नु भयो। कतार दुबै साउदी मलेसिया कुवेत बहराइन र वमन लगायत प्रदेशी भुमीमा आफन्तसंग लामो समय संग बिछोडिएर रगत र पसिना बगाइ रहनु भएको अपरेटर र सवारी चालक हरुलाइ सम्झिदै भावुक बन्दै भन्नू भयो। सन्सारको अग्लो टावर दुवइको खलिफा टावरको जग खन्ने अपरेटर तीन महिना पहिले देखि बार बार गुरु कतै मेसिन खाली छैन बाच्न गाह्रो भयो भनेर अनुनय बिनय गर्दा धिक्कार लाग्छ देसको ब्यवस्था त्यस्तो कि हाम्रो अवस्था उस्तो कति खेर के हुन्छ भन्ने त्रासै त्रासमा काम गरेको ठाउमा पनि साहुले पैसा न दिएर खालीहात फर्काइदियो गुरु लौन के गर्ने उठाइ दिन पर्यो भनेर फोन आउछ। यस्तै अनेक थिचोमिचो र समस्याको बाबजुद पनि आफ्नो खस्किदो जिवनस्तर उकास्न सक्छौ। तर कमिला जस्तो सामुहिक बाच्न र गर्न सिक्न पर्यो।
त्यसै को लागि यस सस्थाको परिकल्पना र संचयकोषको स्थापना गरेको छौ। जसमा सचीव होम गुरुङ र कोषाध्यक्ष जित बहादुर प्रजा “सानू” हुनुहुन्छ। म तपाईंहरु सबै अपरेटरलाई अपिल गर्दछु। आउनुहोस हामी राष्ट्र्को साच्चै दक्ष जनशक्ति र सक्षम नागरिक बनेर बाचौ। भनेर आफ्नो मन्तव्य राख्नु भएको थियो।