प्रधानमन्त्री कार्यालयले माग्यो २३२ जना कर्मचारी, एसईई पास गरेकालाई अवसर

काठमाडौं :- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगतको राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचको लागि दरखास्त आव्हान गरेको छ।

देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ।

दरखास्त आगामी माघ १९ गते सम्ममा दिनुपर्ने। विभागद्वारा प्रकाशित विज्ञापनअनुसार विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ।

उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने र एसएलसी वा एसइइ पास गरेको प्रमाणपत्र चाहिने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस