राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपाबाहेकका दलसँग गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौं :- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अरु राजनीतिक दलहरुसँग गठबन्धन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको मनोनयनपत्र दर्ताअगावै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाहेकका राजनीतिक दलसँग सहमति गर्ने निर्णय गरेको हो ।

गठबन्धन गर्ने जिम्मा केन्द्रीय समितिले पदाधिकारीहरुलाई दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै, बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार चयनको जिम्मा वरिष्ठ नेता रामचन्द्र, पोडेल, कृष्णप्रसाद सिटौलासहितका पदाधिकारीलाई नै दिएको छ ।

केही समययता लगातार बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट पक्षका नेताहरु बिहीबारको बैठकमा पनि सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस