एसिड पीडितसँग जन्मदिन मनाउने योजनामा : दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले फिल्म ‘छपाक’को सुटिङमा व्यस्त छिन्। एसिड पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित यस फिल्ममा उनी एसिड पीडितको भूमिकामा देखिने छिन्।

यो पटक दीपिका फिल्म प्रोमोसनको व्यस्तताले गर्दा आफ्नो ३४ ‌औं जन्मदिन एसिड पीडितहरुसँगै मनाउने योजनामा छिन्। ५ जनावरी लखनउको शीरोज क्याफेमा उनले आफ्नो जन्मदिन मनाउने योजना बनाएकी हुन्। उक्त क्याफेलाई एसिड पीडितहरुले नै चलाइरहेका छन्।

तर केही दिनअघि मात्र दीपिकाले हालसम्म आफ्नो जन्मदिनको केही योजना नबनाएको बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘छपाकको प्रोमोसन चलिरहेको छ। त्यसैले मेरो सारा एनर्जी फिल्म रिलिजमै केन्द्रित छ। मैले अहिलेसम्म जन्मदिनको बारेमा केही सोचेको छैन।’

मेगना गुलजर निर्देशित ‘छपाक’मा दीपिका पादुकोणको मुख्य भूमिका रहेको छ। यो फिल्म १० जनावरीमा रिलिज हुनेछ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस