चितवन :- देश विदेश छरिएर रहि बिकाश निर्माणकार्यमा खटिइरहेका डोजर अपरेटर तथा सवारी चालकहरुले आफ्नो हक अधिकारको सुनिश्चितता संगै रोजगार दातासंग सुमधुर सम्बन्ध कायम राख्ने उदेश्यका साथ २०७५ सालमा चितवन बाट दर्ता भएको डोजर आरेटर तथा सवारी चालक संघ नामक सस्थाले जिल्ला प्रशासन चितवन लाई ज्ञापन पत्र बुझाएको छ। संस्थाको अध्यक्ष टिबी विश्वकर्मा “हिमाल” रमेश सापकोटा,अनिल अधिकारी पवन तमाङ ,रोहन लामा लगायतका पदाधिकारीबाट प्रशासन अधिकृत सम्माननीय नारायण प्रसाद भट्टराई ज्यु लाई सम्मान समेत गरिएको थियो।
नेपालका धेरै कन्ट्रकसन मालिक तथा ठेकेदार हरुले बिना लाइसेन्सका हेवी इक्युप्मेन्ट अपरेटर र सवारी चालकहरु लाई काममा लगाउने र पारिश्रमिक माग्दा कुटपिट र दुव्र्यवहार समेत गर्ने भएकोले यस संस्थाको बिकल्प खोजेको अध्यक्ष विश्वकर्माले बताउनु भयो। विना लाइसेन्सका सवारी चालक बाट धेरै सवारी दुर्घटना भैरहेको र लाइसेन्सवाला अपरेटर तथा चालकको रोजि रोटिमा प्रतिकुल असर समय परेको जानकारी दिदै लापरबाही र गैरकानुनी रुपमा सवारी चलाउने चालक र चलाउन लगाउने रोजगार दाताको निगरानी गरि यश संस्थाले प्रशासन मद्दत गर्ने जानकारी गराएको थियो।
अन्तत प्रशासन अधिकृत ज्यु बाट यस संस्थाले चालेको कदम एक दम सकारात्मक रहेको टिप्पणी गर्दै राम्रो कामको लागि सधै साथ रहने प्रतिबद्धता सहित शुभकामना दिनु भयो।