प्रतिसोधको राजनितिले दुत्कार्दै समाजलाइ

काठमाडौं :- छथर सुक्रबारे सरस्वती माबी मा भएको कान्ड र मेरो बुझाइ !!
नेपाल्को सिक्षा परिपाटी यसरी बिकास भै रहेको छ त्यसले न घर चिनाउनेछ न समाज नत आफ्नो जिल्ला हुदै देस !
नेपाल्को सिक्षाले राजनिती , गलत प्रबृत्ति , आफ्नो दलको झोला बोक्ने मानसिकता र त्यसैको वरिपरिमा आफ्नो बच्चा देखि परिवारको गार्जेन सम्म राजनैतिक आस्था र बिचार नमिलेकै भरमा आफ्नो भबिस्य सँग जोडिएको सबै बिसय मोडि राजनैतिक आडमा प्रतिसोध साध्न पछि पर्दैन !
अब बिसय प्रबेस गरौं 
तेरथुमको समग्र शिक्षा र दुर्गा खतिवडाले अद्यापन गरेका विभिन्न शैक्षिक संस्थाबाट पार भै आज बिस्वका विभिन्न मुलुकमा आफ्नो र देसको नाम कमाउन र सत्मार्गमा हिड्ने तमाम तात्कालिन विद्यार्थी र देसका युबा युवती कति हजार भए होलान ?
दुर्गा खतिवडाले अद्यापन गर्दा का बखत सोही जिल्लामा तात्कालिन समया मावोबादिले बितन्डा मच्चाउदा सिङ्गो बिद्यालयको अवस्थामा अलिकतिपनी आँच आउन नदिन तात्कालिन प्र अ को हैसियतले पन्चकन्या निमाबि मा उक्त सिक्षकले के के सम्म झेले ?/ कतिबर्स अद्यापन गरे? उन्ले जिम्मेवारी लिँदा बिद्यालयको हालत कस्तो थियो र उन्ले छोडेर हिड्ने बेलामा कस्तो ??
सामाजिक संजालमा आज सुक्रबारे को यो स्कुलको बिसयमा बिसयलाइ अति रन्जना गरि कुर्लने तमाम सोही ठाँउका हिँजोका दुर्गा खतिवडाले उत्पादन गरेकै हजारौं निबर्तमान विद्यार्थीबाट बुझ्न सकिन्छ , खोजौं !
दुर्गा खतिवडाले सुक्रबारे सरस्वती माबिमा आएर अद्यापन गरेको कति समय भयो ? हिजो बिद्यालयको अवस्था र आज लाई दाँजौं ! खोजौं अनि लेखौं ! कि मिल्दैन ??
सायद मिल्दैन होला किनकी साचो बोल्न राजनिती गर्ने तमाम छथरे कथित बुद्दिजिबिहरुलाइ सत्य पचाउन बडो कठिन छ , कति दिन खेद्ने ?
निस्चय पनि नेपाल्मा पठन्पाठन्मा संलग्न सिक्षक कर्मचारी कुनैन कुनै राजनैतिक दलमा आबद्द छन यो दुर्भाग्यपुर्ण छ तर राज्य ब्यबस्था कस्तो छ ? राज्यले प्रतिपादन गरेको शैक्षिक सिद्दान्त कस्तो छ ? राज्यले दुरदराज बाट उत्पादन गर्दै गरेका विद्यार्थी को क्वालिटी कस्तो छ ? यो सब कस्ले हेर्दछ ?
बिद्यालय समयमा मिस जिस्क्याउने ? चुरोट खैनी र मदिरा सेवन्मा रम्ने , पृयरको समयमा सौचालय गएर मोबाइल खेलाउने , सिक्षकले भौतारी भौतारी खोज्न पर्ने , अनि किन यसो गरेको? भन्दा सिक्षक सँगै जाइ लाग्ने बिद्यार्थिको घर परिवार सामाज र बिद्यार्थिलाइ किन कुटपिट गरिस भनेर धम्क्याउने सम्बन्धित क्षेत्रमा राजनिती गर्ने बुद्दिजिबिहरु झन कस्ता होलान ?? छ कुनै लेखा जोखा ??
अब एक्छिन अझै घुस्रन मन लाग्यो बिद्यालय भित्र !
मैले प्राय प्राय बिद्यालय प्रधानाध्यापकको नाम होस वा अरु कुनै सिक्षक कर्मचारिको , प्राय तिन्का टेवल्मा आफ्नो नाम र ओहोदा हामी नेपाली भएको नाताले देबनागरिक लिपिमा होस भन्ने चाहन्छु तर कहाँ म देसको प्रधानमन्त्री हुँ र मैले चाहेजस्तो हुन्छ !
तर पनि नेपाल र नेपालिको मौलिकता ,आफ्नो मातृभासालाइ तोडि अंग्रेजी भासामा लेख्न नेपाली कति लोभिएछ भनेर मैले तस्बिरमा पेस गरेको एउटा बिद्यालय परिवारको तस्बिरबाट पनि छर्लङ्ग हुन्छ यस्ले देसको शिक्षालाइ कता लैजाँदै छ ?
अन्त्यमा
देस जनता र समाजको परिवर्तन मा आफ्नो सम्पुर्ण समय खर्ची बिद्यालयको चौतर्फी बिकास साथै बिद्यार्थी को सर्बाङ्गिण बिकास चाहने र सिंङ्गो समाज सम्मृद्द बनाउन अहोरात्र खट्ने एउटा कर्तब्य निस्ट शिक्षकलाइ पटक पटक अनावश्यक फर्जी बिबादमा ल्याइ आफ्नो बिद्यालय र समाजलाइ खल्बल्याइ आफ्नो दल दर्बिलो बनाउन चाहने तमाम कथित
छथरे बुद्दिजिबिहरुलाइ आँउदा दिन्को अझ बढि सुभकामनाका साथमा बिसयको वास्तबिकताको यो भिडियो दृस्याबलोकन सहित श्रवण गर्न सुझाउदछु ।

प्रतिक्रिया दिनुहोस