घुम्न जाउ तुलसीपुर अभियानको उद्घाटन (फोटो फिचर)

दाङ :- तुलसीपुर उपमहानगरपालिकाले नेपाल भ्रमण बर्ष २०२० को अबसर अन्तरगत घुम्न जाउ तुलसीपुर उद्घाटन गरेर कार्यक्रमको सुरुवात गरेको छ । नगर स्तरिय भ्रमण बर्ष २०२० मा एक लाख पर्यटक भित्रयाउने उद्देश्यका साथ नेपाल भ्रमण बर्ष अन्र्तगत घुम्न जाउँ तुलसीपुरको एक कार्यक्रमका बिच उपमहागनरपालिकाले राप्ती शान्ति उद्यान पार्कबाट यसको उद्घाटन गरेर अभियानको सुरुवात गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गदै प्रनेश–५ का सभामुख पुर्णबहादुर घर्तीले प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार गरेर पर्यटकलाई भित्रयाउन सकिने बताउनुभयो । नेपालको जस्तो पाकृतिक सौन्दर्यता, तालतलैया, विश्वका कुनै पनि देशमा नभएको बताउदै यसको प्रचार गर्न सकेमा नेपालमा लाखौ पर्यटक ल्याउन सकिने दाबी गर्नुभयो ।
कार्यक्रममा सांसद इन्द्रजीत चौधरीले विभिन्न सांस्कृतिक र धार्मीक संस्कारको विकास गरी जनताको जीवन स्थर उठाउने माध्यमका रुपमा पर्यटन बर्षलाई लिनु पर्ने बताउनुभयो ।

नाचगान र रमाइलो गर्ने भन्दा पनि नेपाललाई धार्मिक र सांस्कृतिक आकर्षणको केन्द्रका रुपमा विकास गरेर पर्यटक भित्रयाउने काममा सबै सरोकारलाला निकाय लाग्नु पर्ने उहाँको जोड थियो ।
तुलसीपुर उपमहागरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योगाबाणिज्य संघका महासचिव रुपमबहादुर खत्री, तुलसीपुर –७ का वडाध्यक्ष टोपबहादुर केसी, राप्ती शान्ति उद्यान संचालक समितिका अध्यक्ष डिल्ली बहादुर भण्डारी, लगाएतले आ–आफना धारना राखेका थिए ।

सो अवसरमा गायक प्रेमविवस घर्ती, शमिर आचार्यले पर्यटन सम्बन्धी गित प्रस्तुत गरेका थिए भने विभिन्न संस्कृति झल्कीने नृत्य पनि पस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस