प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई आज टेलिफोन गरी नेपाल भ्रमणको निम्तो गरेका हुन् । ओलीले एक ट्विटरमार्फत अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको बताइएको छ ।
उनले आफूहरुबीच नेपाल–भारत सम्बन्धलाई नयँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा विश्वस्त रहेको उल्लेख गरे ।
दुई समकक्षीबीच नयाँ वर्षको शुभकामना आदानप्रदान भए पनि सीमा विवादबारे कुराकानी भए÷नभएकोबारे प्रधानमन्त्री ओलीले केही खुलाएका छैनन् ।
भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटेर हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले असन्तुष्टि जनाउँदै आएको छ । कूटनीतिक माध्यमबाट यसको समाधान खोजिने सरकारले बताए पनि अहिलेसम्म ठोस ढंगले प्रक्रिया अघि बढ्न सकेको छैन ।