भ्रमण बर्षमा रसुवामा चीनियाँ पर्यटकको स्वागत

रसुवा :- पर्यटन भ्रमण बर्ष २०२० को अवसरका रसुवामा चीनियाँ पर्यटकको स्वागत गरिएको छ । नेपाल र चीनको सिमा नामा रहेको रसुवागढीमा चीनियाँ पर्यटकको स्वागत गरिएको हो ।

जिल्ला समन्वय समिति रसुवा र गोसाँईकुुण्ड गाँउपालिकाको आयोजनामा बुधबार बिहान चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकहरुलाई रसुवागढीमा भब्य रुपमा स्वागत गरिएको हो ।

नेपालको तस्रो पर्यटकीय क्षेत्र समेत रहेको यो जिल्लामा भ्रमण गर्न आउने पहिलो पर्यटकलाई गोसाँईकुुण्ड गाँउपालिकाले गाडी तथा खानाको समेत ब्यबस्था गरिएकोे बताईएको छ ।

चीनबाट नेपाल आउने चीनियाँ पर्यटकहरुले चार बर्ष अघिबाट यो नाका प्रयोग गर्दै आएका छन् ।

बार्षिक रुपमा यो नाकाबाट करिब तीस हजारको संख्यामा चीनियाँ पर्यटकहरुले नेपाल प्रवेश गरिरहेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस