पोखरामा नेकपाको विशाल चुनावी आमसभा, अध्यक्ष प्रचण्ड भन्छन् -काँग्रेस देख्दा टिठ लाग्न थाल्यो

कास्की :-   नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले काँग्रेस देखेर आफूलाई टिठ लागेको बताएका छन् ।

नेकपा कास्कीले पोखरामा आयोजना गरेको गरेको चुनावी सभालाई बुत्रबार पोखरामा सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री ओलीलाई आरोप लगाएर उट्पट्याङ् गरी जनतालाई उल्लु बनाउन खोजेको देख्दा आफूलाई टिठ लाग्ने टिप्प्णी गरे । उनले सीमा विवादका बारेमा काँग्रेस सभापति देउवाले गरेको टिप्पणी झुठो भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई कांग्रेसले विर्सेको प्रचण्डको आरोप छ । ‘होइन भने तपाईँहरु जसरी ओरालो लाग्नुभएको छ, त्यसरी नै नेपालको इतिहासमा काँग्रेस किम्बदन्ती बन्न सक्ने अवस्था आउने बताए ।

प्रचण्डले कास्की–२ का उमेदवार खेमराज पौडेललाइ देवघाट उमेरमा भोट माग्न हिँडेको भनी कटु टिप्पणी गरे ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ विदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षको बुढालाई अघि सारेका छन्,’ उनले भने, ‘जो अब देवघाट तिर जानुपर्ने बेलाका छन । त्यहाँ गएर ध्यान र ज्ञान सिक्न पर्ने मान्छेलाई आफु अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’

उनले काँग्रेसलाई आत्मसमीक्षा गर्न सुझाव दिए । काँग्रेसले संघीय लोकतान्त्रीक गणतन्त्रको मर्मलाई कांग्रेसले विर्सेको प्रचण्डको आरोप लगाए । उनले कांग्रेस पनि संविधान निर्माणको सहयोगी सहयात्री भएकोले झुट बोलेको आफूलाई मन नपर्ने बताए । ‘तपार्इँहरु साह्रै तल खसेको पनि मलाई त्यति मन पर्दैन ।

उनले यो देशमा दलित प्रधानमन्त्री, जनजाति प्रधानमन्त्री नेकपाकै प्रस्तावमा बन्ने दाबी गरे । त्यस्तै उनले पहिलोचोटी देशमा राष्ट्रियताको विषयमा एकमत भएको पनि बताए । ‘यहि बेला हो कालापानीबाट सेना फिर्ता गर्ने, हाम्रो गुमेको भूभाग ल्याउने,’ उनले भने । नेकपा राष्ट्रिय एकतालाई मजबुत गर्न लागि रहेको पनि बताए ।

उनले कास्की २ बाट विद्या भट्टराईलाई विगतको चुनावमा भन्दा धेरै मतान्तरले विजयी गराउन आग्रह गरे । नेकपाको उमेद्वार विद्या भट्टराई जस्तो प्राज्ञीक क्षेत्रको मान्छे पाउँदा यहाँको जनता सौभाग्यशाली रहेको प्रचण्डको दाबी छ ।

‘कसैको श्रीमती हुँदैमा निर्वाचनमा उठ्न नहुने कही नलेखेको बताए । ‘देशभक्त, परिवर्तन र पद्दतिको निम्ति जीवनभर संघर्ष गरेको महिला चुनावमा उठाएका हौँ,’ उनले भने, ‘ नेकपाले राष्ट्रपति, प्रधानन्यायधिश, सभामुख महिलालाई बनाएको छ ।’

संसदीय दलका उपनेता सुभाष नेम्बाङ्ले निर्वाचनले सरकारले गरेको राम्रो कामको गतिविधिलाई जनताले देखाउने बताए ।

नेकपा नेता बामदेव गौतमले काँग्रेस विकासको बाधक भएको आरोप लगाए । उनले २ वर्षको अवधिमा कानुन निर्माण गर्न पनि नदिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस