तीन वर्षभित्र चीनबाट पाइपलाइनमा तेल ल्याउँछौं : मन्त्री भट्ट

काठमाडौं :- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्रार्हस्थ उत्पादनमा अहिलेकोभन्दा दोब्बर योगदान पुर्‍याउने गरी आफूले काम गर्ने दाबी गरेका छन् ।

आगामी तीन वर्षभित्र चीनबाट पाइपलाइनमा नेपालमा तेल ल्याउने पनि उनको दाबी छ ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टले अहिले सन्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सन्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको पनि बताए ।

यस्तै, निजी क्षेत्रका लागि पनि औद्योगीकरणको वातावरण बनाउनका लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले उल्लेख गरे ।

मन्त्री भट्टले आफू उभिनु भनेको नै कालाबजारीहरु सतर्क हुनु भएको पनि टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस