दाङ :- दाङमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीदेखि प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस मंगलबार बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको हो , भने चालकसहित बसमा सवार १२ जना घाइते भएका छन् ।
दिउसो सवा ३ बजेतिर भएको दुर्घटनामा परि करिब २४÷२५ बर्षीया ति महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।