अहिलेसम्मकै सफल कार्यकाल सम्हालेका बद्री पंगेनीले बिदा लिए अध्यक्ष पदबाट,लेखे भाबुक स्टाटस

काठमाडौं :-   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन सम्पन्न भएको छ।२०७३ सालमा बद्री पंगेनीको नेतृत्वमा चलेको उक्त सस्थाले अहिले सम्मकै सफल कार्यकालको रुप लिएको छ।बद्री पंगेनीको कार्यकाल सकिए संगै रमेश बिजिले सस्थालाई आफ्नो नेतृत्वमा लिएका छन।उनि बिष्णु खत्री संग चुनाव लडेर बिजयी भएका हुन। सोहि क्रममा बद्री पंगेनीले पनि सबैलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा पाएको माया प्रति कहिल्यै नभुल्ने र सधै सस्थाको लागि आफ्नो जीवन व्यतित गर्ने आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन।उनले लेखेका छन:

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन सफलता पुर्वक सम्पन्न भएको महसुस गरेको छु सबैभन्दा पहिले त महाधिवेशन सम्पन्न गर्नको निम्ति गर्नकोलागि सहआयोजकको रुपमा गौरबशाली भूमिका निर्बाह गरेकोमा अध्यक्ष सुरेन्द्र गुरुङ्ग संथापक अध्यक्ष संकरबिरही गुरुङ लगाएत गण्डकी प्रदेश समिति र यस् प्रदेश अन्तरगत सम्पुर्ण जिल्ला कार्यसमिति प्रती हार्दिक धन्यवाद, हाम्रा प्रतिनिधि, पर्यबेक्षक, निर्वाचन मण्डल र संचार माध्यमप्रति आभार प्रकट गर्दै आयोजक समितिको तर्फबाट न धन्यवाद ज्ञापन गर्दछौं l यस सहकार्य बाट गण्डकी प्रदेश का अध्यक्ष सुरेन्द्र गुरुङमा साच्चिकै एउटा परिपक्व दुरदर्शिता इमानदारीता भएको हाम्रो सस्थाको भावी नेतृत्व को झलक देखेको छु।

।आज भन्दा तीन बर्ष अगाडि यस सस्थाको लागि जति काम गर्छु भन्ने सपना देखेको थिए त्यो पूरा गर्न सकिन त्यस प्रती पछुतो त छ तथापि मैले नेतृत्व गरेको टिमले केही गर्न खोजेको पक्कै पनि हो। संगठानिक बिस्तार, आर्थिक पारदर्शीता, बिकृती बिसंगिती न्यूनीकरण,भौतिक सम्पन्नता, प्रष्ट निर्वाचन प्रणाली लगाएतका बिषयमा हामिले सुधार गर्न खोज्यौ र केही गर्यौ होला भन्ने पनि ठानेको छु। मेरो नेतृत्व तीन बर्षे कार्यकालमा मलाई साथ समर्थन र आशीर्वाद दिनु हुने संस्थापक अध्यक्ष आदरणीय अमर बिरही गुरुङ, पुर्व अध्यक्ष आदरणीय प्रजापती पराजुली, पुर्व अध्यक्ष आदरणीय दुर्गा रायमाझी, पुर्व अध्यक्ष आदरणीय पुरुषोत्तम न्यौपाने र खास गरि मैले सस्थाको लागि धेरै दुख दिएको ब्याक्तित्व पुर्व अध्यक्ष आदरणीय चन्द्र शर्मा ज्यु प्रती सधै ऋणि रहने छु। आदरणीय सल्लाहकार ज्यु हरु आदरणीय मानार्थ सदस्य ज्यु हरु आदरणीय आजिवन सदस्य ज्यु हरु आदरणीय साधरण सदस्य ज्यु हरु प्रती आभारी छु।

मैले सकेसम्म सबैलाई मिलाएर नै लैजाने उदेश्य का साथ सह- अध्यक्ष को अवधारणा सहित प्रस्ताव लगेकै हुँ तर त्यो सम्मानित बन्द सत्र बाट पारित हुन सकेन र हामिले सबैलाई समेट्ने प्रयास असफल रह्यो,। मलाई बिश्वास छ नवनिर्वाचित अध्यक्ष रमेश बि जि ज्यु को नेतृत्व को टिम ले पक्कै ऐतिहासिक कार्य गरेर देखाउने छ सम्पुर्ण निर्वाचित साथिहरुमा मेरो हार्दिक शुभकामना सहित साथ र समर्थनको प्रतिबद्धता व्यक्त गर्दछु।मेरो प्रीय मित्र बिष्णु खत्री ज्यु को सस्था प्रतिको लगाव माया, ईमानदारिता प्रती म नतमस्तक छु लोकतान्त्रिक प्रक्रियामा जादा उहाँ सफल सक्नुभएन तर उहाँ यो सस्थाको महत्त्वपूर्ण व्यक्ति हो भन्ने कुरा उहाले प्राप्त गरेको मत ले प्रष्ट पारिसकेको छ।

मेरो नेतृत्व को टिममा रहेर पनि वर्तमान कार्यसमिति मा पर्न नसक्नु हुने आदरणीय चोलेन्द्र पौडेल तारापती सुवेदी,बैकुण्ठ महत,राजन गुरुङ बिनोद बाजुराली, पुरुषोत्तम थापा,रमिला न्यौपाने,टीका पुन, राजन ठकुरी मुना थापा घनश्याम रिजाल पार्वती राई लगाएतका साथीहरू लाई सधै सम्झिरहने छु र म तपाइहरु संग माफी पनि चाहान्छु। हामिलाइ साथ र समर्थन गर्नु हुने संचार्कर्मी विभिन्न मिडिया र शुभचिन्तक हरुमा आभारी छु। र अन्तमा मेरो स्वर्गीय माताहरु लाई सम्झिदै रामपुर पाल्पा मा रहनुहुने बुवा बोधराज पंगेनी र काठमाडौ मा रहनुहुने सासू आमा बिमला बाशिष्ठ को पुन आशीर्वाद थाप्दै, मेरो दुखमा रुने सुखमा हास्ने मेरो जिवनको सहयात्री कल्पना पंगेनी लाई धेरै धेरै माया अनि

प्रतिक्रिया दिनुहोस