डोल्पाकाे जंगलमा आगलागी,५ लाख बराबरकाे क्षति

लेख बहादुर बुढा/डाेल्पा :- डोल्पाको ठुलीभेरी नगरपालिका ९ को काँडाताली गाउँ नजिकै एक जंगलमा आगलागी भएको छ । गाउँ नजिकै रहेको धुपीरुख जंगलमा लागेको आगो गाउँ छेउमै पुगेपछि मात्र स्थानीयले थाहा पाएका थिए ।

आगो सम्पुर्ण गाउँलेको सक्रियतामा निभाउन सफल भएको स्थानीय मेरबहादुर बुढाले बताए। थरगाँउ, दुरगाँउ र काँडाताली गाउँका स्थानीयले पानी र माटोको साहायताबाट दिउँसो २ बजेमात्र आगो निभाउन सफल भएका थिए ।

आगलागीबाट गाईबस्तुको लागि रुखमा राखेको हजाराै भारी घाँस जलेर नष्ट भएको छ । उक्त अागलागी बाट झन्डै ५ लाख बराबरकाे क्षति भएकाे स्थानियले बाताएका छन ।आगो कसले र किन लगायो थाहा नभएपनि बिहान जंगलमा घाँस काट्न गएका मानिसले लगाएको हुनसक्ने अनुमान गरिएको छ ।आगलागीबाट कुनै मानवीय तथा पशुबस्तुको क्षति भएको छैन् ।

आगलागीबाट थरगाउँ र काँडातालीको घाँसपात, स्याउ र ओखरका बिरुवा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस