नेकपाको सरकार गैरजिम्मेवार ढंगले अगाडि बढेको छ, त्यो रोक्न नेपाली काँग्रेसलाई भोट दिनुस् :डा.कोईराला

राजेश खत्री,
दाङ :- नेपाली काँग्रेसका नेताहरुले लोकतन्त्रको रक्षा र न्यायको लागि काँग्रेस उम्मेदवार केशव आचार्यलाई विजय बनाउन अपिल गरेका छन् । आइतवार दाङको दंगिशरण गाउँपालिका वडा नं. १ बाँकीमा आयोजित चुनावी सभार्ला सम्वोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोईरालाले नेकपाको सरकार अतेन्तै गैरजिम्मेवार ढंगले अगाडि बढेको हुँदा त्यो रोक्न नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका हुन ।

लोकतन्त्रक हरेक मुलभूत सिधान्तहरुलाई नेकपाको सरकारले समाप्त पारिसकेको भन्दै उनले गणतन्त्र र लोकतन्त्रलाई सबै भन्दा खतरा नेकपाकै सरकारबाट रहेको दाबी गरे । एकजनाले जित्दैमा सरकार परिवर्तन गर्न नसकिएपनि नेकपाको सरकारलाई सच्याउन र आगामी ३ बर्षपछि हुने निर्वाचनका लागि उपनिर्वाचनमा काँग्रेसले जित्न आवश्यक रहेको कोईराको तर्क थियो ।

नेकपाको सरकार भ्रष्टचारमा लिप्त रहेको, सरकारले शान्ति सुरक्षा दिन नसकेको, दण्डहिनता मौलाएको, चर्कौ कर बढाएको,महंगी बढाएको हुँदा त्यसवाट छुटकारा पाउन नेपाली काँग्रेसका उम्मेदवार आचार्यलाई विजयी गराउन उनले अपिल गरे ।

नेकपाको सरकार लिपुलेक,कालापानी र लिम्पियाधुराको बारेमा मौन रहेको भन्दै उनले आपत्ति जनाए । कुटनीति र राजनीतिक रुपमा सीमा अतिक्रमण रोक्न भूमिका खेल्नुपर्नेमा सरकार निराश जस्तै देखिएको नेता कोईरालाले तर्क गरे । उनले नेकपाको सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको, सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउन खोजेर अधिनायकवादी सैलीमा अगाडि बढ्न खोजेको दाबी गरे ।

त्यस्तै उनले राष्ट्रिय सुरक्षा परिषदमा सरकारले दर्ता गरेको ऐन पारित भएमा नेपाली सेना समेत प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक्लैले चलाउन पाउने अधिकार दिएको हुँदा त्यसपछि नेपालमा लोकतन्त्र भन्ने चिज नै नरहने हुँदा त्यो रोक्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरि केशव आचार्यलाई विजयी गराउन डा. कोईराले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस