दङ्गिशरणबासीले भने काङ्ग्रेसबाट आजित छौ, भोट नेकपालाई

दाङ – दंगीशरणबासीहरुले नेकपा उममेद्वार विमला वलीलाई आफनो साथ रहेको भन्दै विश्वास दिलाएका छन् । दंगीशरणका विभीन्न स्थानमा भएको सभा तथा भेटघाट कार्यक्रममा त्यहाका स्थानीयले उममेद्वार विमला वलीलाई कुनै शंका नगर्न आग्रह गरे ।

पुरुषहरु बाहिर रहेपनि हामी महिला छौ तपाई ढुक्क हुनुहोस् एक महिलाले भनीन् । महिलाले महिलाको पिडा बुझ्छ त्यसैले हाम्रो हक अधिकारका लागि तपाईलाई जिताउँछौँ । दंगीशरणको बैबाङमा भएको भेटमा एक जना नाम नबताउँने सर्तमा भने कांगे्रसबाट आजित छौ , अवको भोट नेकपालाई हुनेछ तपाईहरु आफनो काम गर्नुस् । सुकदेवामा मतपत्र हेर्दै ६९ बर्षिय डेमनी चौधरीले भनीन् “ आव फे सुर्यम भोट डरम, बृद्धभट्टा ट खाईपरल काहु । ”

सो अवसरमा उम्मेद्वार विमला वलीले पश्चिमको क्षेत्रमा सडक संजाल, खानेपानी , पुल पुलेसा , सिचाई जस्ता समस्या बाट पश्चिमबासी गुज्रीरहेकाले अवको प्राथमिक्ता यहि विकाश निर्माणका काम अगाडि बढाई प्रदेशमा पहल गर्ने बताईन् । उनले भनीन – “ हिजोका दिनमा मेरो श्रीमान उत्तर वली जितेर पनि तपाईहरुको घरदैलोमा आउँनुभयो त्यसैगरी म पनि तपाईहरुको माझमा आईरहनेछु । यो मेरो प्रतिवद्धता हो ।

सांसदहरु जितेर गएपछि फर्केर नआउँने जुन परिपाटि छ त्यो म बाट हुनेछैन । म पिडामा परेको ब्यक्ति हो तर पनि तपाईहरुको माया र साथले यहासम्म आएकि छु अवको मेरो साथी तपाईहरु नै हुनुहुनेछ । म तपाईको सुख दुखमा सधै रहिरहनेछु । ” आज दंगीशरण गाउँपालिकाका श्रीगाउँ, राजपुर, बैबाङ , मौली , कुर्री, गोलटाकुरी मैरवा, धनौरी, प्रसडुवा, मिरौली , कुमलगडि , डाडागाउँ र तुल्सीपुर उपमहानगरपालिका वडा न. १० र ११ को सयुक्त सभा पड्ढामा सम्पन्न भएका छन् ।

फोटो फिचर :-

 

प्रतिक्रिया दिनुहोस