निजगढमा मंसिर १० गते हुने कार्यक्रममा ३० हजार जनसहभागीता जुटाउने

बारा :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) द्वारा मंसिर १० गते निजगढ आयोजना गरिएको कार्यक्रमको तयारी करीब पुरा भएको र कार्यक्रममा बारा बाट ३० हजार जनसहभागिता गराउने तयारी गरिएको छ ।

समृद्धि र बिकासकालागी आयोजना गरिएको जन सभामा नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका बाराका युवा नेता मनोज पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय गौरबका आयोजनाहरु पष्ट्र ट्रयाक,अन्तराष्ट्रिय बिमानस्थल,बिशेष आर्थीक क्षेत्र (सेज),हुलाकी मार्ग लगायतका आयोजना निर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाउन र प्रदेस नम्बर २ लाई बिकास र समृद्धिको दिसामा अघि बटाउन कार्यक्रमको आयोजना गरीएको युवा नेता पौडेलको भनाई छ ।

प्रदेस नम्बर २ को आयोजनामा हुन लागेको बिशाल जन सभामा प्रदेसका आठै वटै जिल्लाबाट ब्यापक जनताको उपस्थिती रहने र कार्यक्रममा बाराबाट मात्रै ३० हजार जनसहभागीता गराउने तयारी रहेको नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठले बताउनु भयो । बारा जिल्लाका सोह्र वटै पालिका,त्यस अन्र्तगतका वडा कमिटी र जनसंगठनको  भेला सम्पन्न गरी जनपरीचालनमा लागिएको नेकपा बाराका सचिब एवम प्रदेस सभाका सदस्य सुन्दर बिकको भनाई छ ।

निजगढमारहेको हिरालाल खेल मेदानमा आयोजना हुने जनसभामा पुर्व प्रधानमन्त्रि प्रचण्डलगायत बिभिन्न बिभागिय मन्त्रिहरुले सम्बोधन गर्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस