सीमा बचाऊ अभियानले सार्वजनिक गर्‍यो लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा

काठमाडौं । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियन्ता प्रा. डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए ।

डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरिएको र नक्सामा काली नदीको मुहानबारे प्रष्ट पारिएको उनले जानकारी दिए ।

नक्सा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई नै विश्वव्यापी बनाउनुपर्ने बताए ।

यस्तै अभियानका संयोजक भैरव रिसालले सुगौली सन्धीको नीति सिद्धान्त अनुसारको नक्शा सार्वजनिक गरिएको र यसको घर घरमा चर्चा हुनुपर्ने बताए ।

सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस