मोरङको ठडिया स्थित पुर्व पश्चिम राजमार्गमा कुकर बम भेटिएको छ।

मोरङ / मोरङको सुन्दरहरैंचा–७ ठडिया स्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो ।बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिष्पोज गरिएकाे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस