रामेछाप खाँडादेवी गाउँपालिकामा १३१ जनाको मोतिविन्दु शल्यक्रिया सम्पन्न

पुष्कर खड्का
रामेछाप – रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका माकादुममा हिजोदेखि सुरु भएको मोतिविन्दु शल्यक्रिया आँखा शिविर आज सम्पन्न भएको छ । २ दिनसम्म सन्चालन भएको शिविरमा हिजो र आज गरी १३१ भन्दा बढि मोतिविन्दुका विरामीहरुको सफलता पुर्वक शल्यकृया गरिएको खाँडादेवी गाउँपालिकाका स्वास्थ्य संयोजक ओम प्रकाश श्रेष्ठले बताउनुभयो । शिविरमा आँखाको जाँच तथा उपचार , मोतिविन्दुको शल्यक्रिया लगाएत आँखा सम्बन्धि विभिन्न रोगहरुको उपचार प्रदान गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो । खाँडादेवी गाउँपालिका कार्याललय माकादुम , तिलगांगा आँखा प्रतिष्ठान , काठमाण्डौ , जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप र र सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरण स्वास्थ्य तथा सरसफाई परियोजना मन्थली रामेछापको आयोजनामा शिविर सन्चालन भएको हो । शिविरमा रामेछाप जिल्लाको खाँडादेवी , दोरम्बा र सुनापति गाउँपालिकाका आँखाका रोगीहरुले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस