हामी तपाईकै साथमा छौ : पश्चिमबासी

दाङ :- 
बबई गाउँ पालिका वडा न. ५ जलुके निवासी तुलसी भण्डारी ७० बर्ष पुगिन । उनी नेकपा उम्मेद्वार विमला वली उनको घरमै पुगेपछि भित्र बाट निीस्कईन । उत्तर छोडेर गएपनि तिमी आयौ बाबु आउँदै गर्नु भन्दै आशुँ पुछिन् । उत्तरले अव तपाईहरुलाई म हुर्छु भन्थे तर हामी भन्दा अघि गए । उनले आशु पुछ्दै वेदना पोखिन । श्रीगाउँ ७ बुटनीयाका चित्र बहादुर वली र राधिका वली यो बर्ष बाट बृद्धभत्ता खाने भाछम सरकारले बढ्ने भन्याछ खुसी लागेको छ भन्दै खुसी ब्यक्त गरे । चित्र बहादुर वलीले भने हामी पक्का जिताउँछौ । ढुकक हुनुस् । यस्तै बबई ४ हापुरेका ७५ बर्षका डम्बर वि.क ले चुनावमा भोट कसरी हाल्ने नमुना पत्र हेरेर हेर्दै थिए । उनले विमला वलीलाई म यसैमा भोट हाल्छु भनेर सुर्य चिन्ह देखाए । चन्द्रावती वि.क र देविकला वि.क दुई महिला विमलालाई भेट्न भनी कार्यक्रम स्थलमा आईपुगे उनीहरु खुसी हुदै सामुहिक तस्विर पनि खिचाए । आज पश्चिम दाङका विभीन्न स्थानमा भएको भेटघाट तथा आम सभा कार्यक्रममा यस्तै उपलब्धिमूलक रह्या े। भेटघाट पश्चिमबासीहरुले आमी तपाईकै साथमा छौँ भन्दै विश्वास दिलाए ।
प्रदेश सरकारसंग पहल गर्छु ः वली
नेकपा उम्मेद्वार विमला वलीले उत्तर वलीले पाचँ बर्षका लागि पुरा गर्न नसकेका कामहरु आफुले पूरा गर्ने बताउनु भयो । उहाले भन्नु भयो– “ पश्चिमबासीका हरेक तहका समस्यमलमई प्रदेश सरकारसंग पहल गर्नेछु तपाई मलाई साथ दिनुस् । म काम गरेर देखाउँनेछु । ” विभीन्न कार्यक्रममा समबोधन गर्दै उम्मेद्वार वलीले आफु कुरा गरेर जनतालाई प्रलोभनमा नपार्ने भन्दै काम गरेर जनता संग सहकार्य गर्ने बताईन् । उनले आफु चुनावमा भोट माग्न मात्र नआएको भन्दै पटक पटक आउँने मौका दिन पश्चिमबासीलाई आग्रह गरीन । आज बबई ५ हापुरे, जलुके, हुरुम र दंगीशरण ७ सिम्ठाना र वुटनीया, तुलसपिुर १ र २ को सयूक्त रुपमा पवननगरमा आम सभा तथा भेटघाट कार्यक्रम सम्पन्न भएका छन् ।।

फोटो फिचर :-

प्रतिक्रिया दिनुहोस