कालिन्चोक गाउँपालिकाको गाडी दुर्घटना ३ जना घाइते

रामेछाप – प्रमुख प्रशासकिय अधिकृतले चलाएको कालिन्चोक गाउँपालिकाको स्र्कापियो गाडी दुर्घटना भएको छ ।
कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सोति बजार नजिकै आज दिउँसो गाउँपालिकाको बा २ झ ४३५९ नम्बरको स्र्कापियो गाडी दुर्घटना हुँदा पालिकाका कर्मचारी घाइते भएका इलाका प्रहरी कार्यालय सिंगटीका इन्चार्ज प्रहरी निरीक्षक सुनजीत तामाङले जानकारी दिनुभयो । बोलेरो गाडी दुर्घटना हँुदा कालिन्चोक गाउँपालिकाका कानुनी सल्लाहकार भीमेश्वर नगरपालिका वडा नम्बर २ का राजेन्द्र श्रेष्ठ, गाउँपालिकाका कर्मचारीहरु कालिन्चोक गाउँपालिका वडा नम्बर ३ कि सरीता वली र कालिन्चोक गाउँपालिका लापिलाङका खड्ग बहादुर थामी घाइते हुनुभएको छ ।
घाइतेहरुको प्राथमीक स्वास्थ्य केन्द्र चरिकोट÷प्रस्तावित चरिकोट अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । उक्त स्र्कापियो गाडीको चालक कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वली रहेको प्रहरी अनुसन्धानमा देखीएको छ ।उक्त गाडी कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले प्रयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस