रामेछाप बावियाखर्कमा दिनँहु चोरी हुन थालेपछि स्थानिय चिन्तित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ बाबियाखर्कमा दिनँहु चोरी हुन थालेपछि स्थानियहरु चिन्तित भएका छन । केहि महिनादेखि बावियाखर्कका विभिन्न घरहरुबाट समान हराउन थालेपछि बाबियाखर्कका स्थानियले आज प्रहरी चौकी रामेछाप डाँडामा चोर पत्ता लगाई पाऊँ भनि निवेदन दिएका छन । केहि महिनादेखि गाउँका विभिन्न घरहरुमा चोरी हुन थालेपछि हैरान भएर प्रहरीमा उजुरी दिन बाध्य भएको बाबियाखर्कका स्थानिय शिव प्रसाद घिमिरेले बताउनुभएको छ । स्थानिय घिमिरेका अनुसार बावियाखर्कमा खानेपानीको पाईप , पानी तान्ने मोटर , ड्रम , चिरेर राखिएको काठ , बोटमा फलेको जुनार,सुन्तला लगायत घर बाहिर राखिएका समानहरु हराउने गरेको छ । घटनाको बारेमा अनुसन्धान गरी चोरीमा संलग्नलाई कारबाहि गरिने प्रहरी चौकी रामेछाप डाँडाका असई मिन बहादुर थापाले बताउनुभयो । स्थानियलेृ प्रहरी चौकी रामेछाप डाँडामा बुझाएको निवेदन

प्रतिक्रिया दिनुहोस